Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत – Sarangi News

पोखरा । पोखरा १२, रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए । कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् ।  कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताउनुभयो ।

स्वागत मन्तव्यका क्रममा उपप्राचार्य वेदप्रसाद शर्माले अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गर्नुभयो । सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले मन्तव्य दिनुभएको थियो ।

कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ (कम टु लर्न, गो टु सर्भ) को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ । विद्यालयमा हाल करिब  २,००० विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको उक्त कार्यक्रम शिक्षक नेपाल प्रकाश अधिकारीले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP