Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
क्यान्सरपीडितलाई लालीगुराँस युवा क्लबको सहयोग – Sarangi News

पोखरा । लालीगुराँस युवा क्लब, फेदीखोला-२, खहरे स्याङ्जाले एक कार्यक्रमको आयोजना गरी फोक्सोको क्यान्सर रोगबाट पीडित भई विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ब। क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूबाट सङ्कलित रकम ३ लाख २९ हजार ७ सय २९ रुपियाँ क्लबका अध्यक्ष शङ्कर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मानबहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीलाई हस्तान्तरण गरेका हुन् ।  अध्यक्ष शङ्कर कार्कीले यो अभियानमा क्लबसँग जोडिएर सहयोग गर्नुहुने महानुभावप्रति आभार व्यक्त गरे ।

सो अवसरमा समाजसेवी नरेन्द्रजङ कार्की, केशव कार्की, विजय कार्की, लाल कार्की अन्जान, मोतीबहादुर कार्की र डिलबहादुर कार्कीले लालीगुराँस युवा क्लबले विभिन्न दुखसुख एवम्  सामाजिक कार्यहरूमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै पूजाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए भने पूजा अधिकारी कार्कीका ससुराबुवा धर्मराज कार्कीले क्लबप्रति आभार व्यक्त गर्दै क्लबले संचालन गर्न लागेको आकस्मिक कोषमा आफ्नो तर्फबाट केही सहयोग रकम प्रदान गरेका थिए । सोही कोषमा नरेन्द्र जंग कार्की, केशव कार्की र लाल कार्की अन्जानले पनि  रकम उपलब्ध गराएका थिए ।

क्लबका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव सुजन पौडेलले संचालन गरेका थिए भने कोषाध्यक्ष समीर कार्कीले आर्थिक सहयोग उपलब्ध गराउने महानुभावहरूको नामावली पढेर सुनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP