Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
गङ्गा लिगलका तीन मुक्तक – Sarangi News

तीन मुक्तक

                                       – गङ्गा लिगल

अर्काको   घाउमा नुन चुक नछर ए मान्छे

दु: खीको  पाउमा  प्रहार  नगर ए मान्छे

सुख  र  दु:ख त   सबैलाई   हुने गर्छ नै

अरूको त्यो दु:खमा नपार जहर ए मान्छे

 

वसन्त आउदै  जाँदै  गर्छ जीवन जस्तै

समयको चक्र घुम्दै सर्छ जीवन जस्तै

जीवनको अपरिहार्यतालाई साथ दिन्छ

सबै बस्तु जाग्छ अनि मर्छ जीवन जस्तै

 

अनुशासन मान  हो मानव  जीवनको

यो  त ठुलो आन  हो मानव जीवनको

यस्लाई बहुमूल्य ठानी सँगाल्दै लगेमा

यो सौन्दर्यको शान हो मानव जीवनको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP