Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
कञ्चनजङ्घामा नेपाली हिज्जे – Sarangi News

सुरेन्द्र सदिच्छा
पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिश बोर्डिङ स्कुलमा मंगलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता  सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल  मित्रलाल पोख्रेलले पहिलो शब्द प्रतियोगी विद्यार्थीलाई सोधेर उद्घाटन गरेका थिए ।
प्रतियोगितामा पहेँलो सदनका सुजाता कोइराला,सुम्निमा तामाङ, सम्रता गुरुङ र मिस्याल श्रेष्ठको समूह प्रथम भएका थिए भने हरियो सदनका रुपेश यादव, विश्लेशा तुलाधर, एरिका गुरुङ र किस्मल तामाङको समूह द्वितीय भएका थिए।
कार्यक्रममा नेपाली विषय विभागीय प्रमुख सावित्रा शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा हिज्जे मास्टर रहेका थिए । शिक्षक अमृत जी.सी., समय पालक र शिक्षक नवीन न्यौपाने अङ्कनमा रहेका थिए । विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले विजयी विद्यार्थीलाई बधाई दिँदै यस्ता खालका कार्यक्रममार्फत विद्यार्थीमा नेपाली भाषाको शुद्धतामा विशेष फाइदा पुग्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP