Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
कञ्चनजङ्घामा नेपाली हिज्जे – Sarangi News

सुरेन्द्र सदिच्छा
पोखरा । पोखराको फूलबारीमा अवस्थित कञ्चनजंघा इङ्लिश बोर्डिङ स्कुलमा मंगलबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक नेपाली हिज्जे प्रतियोगिता  सम्पन्न भएको छ।
कार्यक्रम प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल  मित्रलाल पोख्रेलले पहिलो शब्द प्रतियोगी विद्यार्थीलाई सोधेर उद्घाटन गरेका थिए ।
प्रतियोगितामा पहेँलो सदनका सुजाता कोइराला,सुम्निमा तामाङ, सम्रता गुरुङ र मिस्याल श्रेष्ठको समूह प्रथम भएका थिए भने हरियो सदनका रुपेश यादव, विश्लेशा तुलाधर, एरिका गुरुङ र किस्मल तामाङको समूह द्वितीय भएका थिए।
कार्यक्रममा नेपाली विषय विभागीय प्रमुख सावित्रा शर्मा र शिक्षक सुरेन्द्र सदिच्छा हिज्जे मास्टर रहेका थिए । शिक्षक अमृत जी.सी., समय पालक र शिक्षक नवीन न्यौपाने अङ्कनमा रहेका थिए । विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोख्रेलले विजयी विद्यार्थीलाई बधाई दिँदै यस्ता खालका कार्यक्रममार्फत विद्यार्थीमा नेपाली भाषाको शुद्धतामा विशेष फाइदा पुग्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP