मुक्तकमणिको गीत ‘सुसेली‘ सार्वजनिक (भिडियोसहित) – Sarangi News

पोखरा । साहित्यकार तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ । गीतकार अधिकारीको आफ्नै युट्युब च्यानबाट सार्वजनिक भिडियोलाई पूजा ठकुरीले निर्देशन गरेकी हुन् भने विनोद बमले सम्पादन गरेका छन । चर्चित मोडलद्वय कमलसिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा-युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ ।
मुक्त्तकमणिका रूपमा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरुमा उत्तिकै कलम चलाउने गर्दछन् । लामो सयम नेपालको उच्च पदस्थ कर्मचारीका रूपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहेका अधिकारी प्रबल दक्षिण गोरखा दक्षिणबाहुलगायत अनेकौँ सम्मानद्वारा विभूषित स्रस्टा हुन् । उनलाई यसै वर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको छ ।

भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP