Trend
श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||  
सोमबार , साउन १८, २०८३
मुक्तकमणिको गीत ‘सुसेली‘ सार्वजनिक (भिडियोसहित) – Sarangi News

पोखरा । साहित्यकार तीर्थराज अधिकारीद्वारा रचित ‘सुसेली’ गीतको भिडियो सार्वजनिक भएको छ । सुगम संगीतका लोकप्रिय संगीतकार राजेश थापाको संगीत रहेको उक्त गीतमा प्रवीण वेडवालको स्वर रहेको छ । गीतकार अधिकारीको आफ्नै युट्युब च्यानबाट सार्वजनिक भिडियोलाई पूजा ठकुरीले निर्देशन गरेकी हुन् भने विनोद बमले सम्पादन गरेका छन । चर्चित मोडलद्वय कमलसिंह तथा स्मारिका ढकालको अभिनय रहेको भिडियोमा दुई युवा-युवती विचको प्रेमिल भाव काल्पनिक रुपमा सुन्दर ढंगले उतारिएको छ ।
मुक्त्तकमणिका रूपमा परिचित तीर्थराज अधिकारी साहित्यका धेरै विधाहरुमा उत्तिकै कलम चलाउने गर्दछन् । लामो सयम नेपालको उच्च पदस्थ कर्मचारीका रूपमा सेवा गरेर यतिखेर अमेरिकामा बसोवास गरिरहेका अधिकारी प्रबल दक्षिण गोरखा दक्षिणबाहुलगायत अनेकौँ सम्मानद्वारा विभूषित स्रस्टा हुन् । उनलाई यसै वर्ष पनि दोस्रो काव्य म्युजिक अवार्डमा सर्वोकृष्ट गजलकारको उपाधिले सम्मान गरिएको छ ।

भिडियोः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP