Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
लाल कार्कीको ‘वैशाखे घाम’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित) – Sarangi News

पोखरा । गीतकार लाल कार्की अन्जानको रचनामा बाह्रै महिनालाई समेटेर बनाइएको म्युजिक भिडियो “बैशाखे घाम” सार्वजनिक भएको छ। वरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत अनि गायिका सुनिता कार्कीको आवाज रहेको उक्त गीतको एरेन्ज बिक्कल खड्काले गरेका छन्।

करन चैसिरको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा शिवजी क्षेत्रीको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा सुरेश कोहली र समारिका ढकालको अभिनय रहेको छ।

ग्रामीण परिवेशका भोगाईहरु, विभिन्न चाडपर्वसँगै बाह्र वटै महिनाहरुलाई समेट्दै  बालापन र यौवनकालका क्षणहरुलाई स्मरण गरेर गजल तयार पारेको कार्कीले बताए। संगीतकार श्रेष्ठ लामो समयदेखि प्रवास हङकङमा रहेर पनि नेपाली गीत संगीतको उन्नयनको लागि आफूले कर्म गरिरहेको र यो गजलका शब्दहरु अत्यन्तै मन परेकोले आफूले निकै मेहनतका साथ संगीत गरेको उल्लेख गरे। यो म्युजिक भिडियो Nagendra Shrestha Youtube च्यानलमा हेर्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP