फेदीखोलाका विद्यालयलाई जापानीको शैक्षिक सामग्री – Sarangi News

पोखरा । स्याङ्जाको फेदीखोलाका विभिन्न विद्यालयलाई जापानी संस्थाले पुस्तक तथा अन्य शैक्षिक सामग्री वितरण गरेको छ ।

उपकार फाउन्डेसन नेपालको आयोजनामा मङ्गलबार फेदीखोला गाउँपालिका, वडा नम्बर २ स्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा भएको कार्यक्रममा पर्वतारोही तथा समाजसेवी जापानी नागरिक नोगुची केनले पिक एड, केन नोगुचिज फाउन्डेसन, (PEAK AID, Ken Noguchi’s) जापानको आर्थिक सहयोगमा सोही विद्यालयको पुस्तकालयका लागि पुस्तक तथा अन्य छिमेकी विद्यालयहरूलाई शैक्षणिक सामग्री हस्तान्तरण गरेका हुन् । महेन्द्र जनसहयोगसँगै शिवालय आधारभूत विद्यालय, खहरे आधारभूत विद्यालय,  कालाभैरव माध्यमिक विद्यालय र अमोर बालगृहलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

सोही कार्यक्रममा फेदीखोला-२, खहरे निवासी क्यान्सर रोगबाट पीडित भई भारतको नयाँ दिल्लीमा उपचाररत पूजा अधिकारी कार्कीलाई नगद १० हजार रुपियाँसमेत प्रदान गरिएको थियो । विद्यालयमा नि:शुल्क  जग्गा दान गरी विद्यालयको नाममा जग्गा धनी प्रमाणपूर्जा बनाइदिएका समाजसेवी, फेदीखोला साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष नेत्रबहादुर कार्कीलाई सम्मानसमेत गरिएको थियो ।

उपकार फाउन्डेसन, नेपालका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का अध्यक्ष अविलास गुरुङले पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी केन नोगुची जस्ता महान् दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए । फेदीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुचीको अमूल्य देन रहेको स्मरण गरे । समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिलाई विद्यालयबाट टाढा राख्न नहुने बताए । सामाजिक अभियन्ता, समाजसेवी तथा साहित्यकार लाल कार्की ‘अन्जान’ले नोगुची र उपकार नेपाल जस्ता समाजसेवी भएमा कोही निरक्षर हुनुनपर्ने बताउँदै उपकारको परोपकारी मनको प्रशंसा गर्दै एउटा गजल समेत सुनाए । शिक्षक पार्वती कार्कीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक गोदार उपमाले स्वागत गरेकी थिइन् भने शिवकुमार गौतम र चित्रबहादुर कार्कीले सहयोग रकम थप र निरन्तर गर्नुपर्ने भनाइ राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP