Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शुक्रबार , भाद्र २६, २०८३
हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द। – Sarangi News

लमजुङ। हिजोदेखि परेको अबिरल बर्षाको कारण मध्यनेपाल नगरपालिकामा पर्ने मध्यपहाडी लोकमार्ग सडक खण्ड पिस्ती खोला बढे सङै अबरुद्द भएको छ।

मध्यनेपाल नगरपलिकाको ६ स्थित लामासोती र पुरानाडिहिको बिचमा पर्ने पिस्ती खोला बढे पछि सडक अरुद्द भएको छ भने बैकल्पिक बाटो वडा नं १० को बिमिरे भन्ज्याङ्को डाँडाको चौतरा हुँदै वडा नं ९ को गाउ बाङ्रे हुँदै काउरे हुँदै रानिपानी भोर्लेटार सवारी साधनहरु चलेको अवस्था छ।

पोखरा देखि भोर्लेटार हुँदै सुन्दरबजार बेशिसहर लगायत त्यस क्षेत्रमा चल्ने यात्रु बहाक सवारी साधनहरु भने वैकल्पिक बाटो चली रहेको छ। सडक अबरुद्द भएता पनि अहिलेसम्म कुनै जनधनको क्षती भएको छैन। लगातार परी रहेको पानीले खोला नाला बढी रहेको छ र अझै बढ्न सक्ने सम्भावना छ। उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागको जारी गरिएको सुचना अन्तर्गत स्थानिय सरकार र प्रशासनले समेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको स्थानिय सरकार र प्रशासन प्रमुखले बताएका छन। जारी गरिएको सुचनालाई ध्यान दिदै घरैमा बस्न र बाढी पहिरोको जोखिम रहेको क्षेत्रमा उच्च  सतर्कता अपनाउन समेत बताईएको ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर लक्ष्मण पचभैया र नगर प्रमुख रमेश कुमार पाण्डेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 46 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP