शनिबार , साउन १२, २०८१
हिजो देखिको बर्षाको कारण मध्यपहाडी अवरुद्द। – Sarangi News

लमजुङ। हिजोदेखि परेको अबिरल बर्षाको कारण मध्यनेपाल नगरपालिकामा पर्ने मध्यपहाडी लोकमार्ग सडक खण्ड पिस्ती खोला बढे सङै अबरुद्द भएको छ।

मध्यनेपाल नगरपलिकाको ६ स्थित लामासोती र पुरानाडिहिको बिचमा पर्ने पिस्ती खोला बढे पछि सडक अरुद्द भएको छ भने बैकल्पिक बाटो वडा नं १० को बिमिरे भन्ज्याङ्को डाँडाको चौतरा हुँदै वडा नं ९ को गाउ बाङ्रे हुँदै काउरे हुँदै रानिपानी भोर्लेटार सवारी साधनहरु चलेको अवस्था छ।

पोखरा देखि भोर्लेटार हुँदै सुन्दरबजार बेशिसहर लगायत त्यस क्षेत्रमा चल्ने यात्रु बहाक सवारी साधनहरु भने वैकल्पिक बाटो चली रहेको छ। सडक अबरुद्द भएता पनि अहिलेसम्म कुनै जनधनको क्षती भएको छैन। लगातार परी रहेको पानीले खोला नाला बढी रहेको छ र अझै बढ्न सक्ने सम्भावना छ। उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागको जारी गरिएको सुचना अन्तर्गत स्थानिय सरकार र प्रशासनले समेत उच्च सतर्कता अपनाउन अनुरोध गरिएको स्थानिय सरकार र प्रशासन प्रमुखले बताएका छन। जारी गरिएको सुचनालाई ध्यान दिदै घरैमा बस्न र बाढी पहिरोको जोखिम रहेको क्षेत्रमा उच्च  सतर्कता अपनाउन समेत बताईएको ईप्रका भोर्लेटारका प्रमुख ईन्स्पेक्टर लक्ष्मण पचभैया र नगर प्रमुख रमेश कुमार पाण्डेले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP