Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
आदर्शको ‘माया हेरेर कहाँ देखिन्छ’ को छायाङ्कन – Sarangi News

पोखरा । गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘माया हेरेर कहाँ देखिन्छ’ को म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाङ्कन गरिएको हो । सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजुको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच गीतको छायाङ्कन शुभारम्भ गरिएको थियो ।

युवा गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना को आवाज सजिएको छ । सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना दमदार अभिनय रहेको छ । त्यसैगरी जमुना पौडेल बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा. लि. को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP