Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
आदर्शको ‘माया हेरेर कहाँ देखिन्छ’ को छायाङ्कन – Sarangi News

पोखरा । गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको नयाँ गीत ‘माया हेरेर कहाँ देखिन्छ’ को म्युजिक भिडियोको छायाङ्कन सम्पन्न भएको छ । शनिबार पोखरामा उक्त गीतको छायाङ्कन गरिएको हो । सुप्रसिद्ध गायक तथा सङ्गीतकार रामभक्त जोजिजुको विशेष उपस्थितिमा एक कार्यक्रमका बिच गीतको छायाङ्कन शुभारम्भ गरिएको थियो ।

युवा गीतकार तथा सङ्गीतकार आदर्श पोखरेलको शब्द र सङ्गीत रहेको उक्त गीतमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना को आवाज सजिएको छ । सुदिप सुवेदीको निर्देशन र सन्देश गुरुङको छायांकन रहेको भिडियोमा गायक विश्वबन्धु अधिकारी र गायिका जमुना तिमिल्सिना दमदार अभिनय रहेको छ । त्यसैगरी जमुना पौडेल बराल र डा. परिवर्तन बराललाई पनि भिडियोमा विशेष भूमिकामा प्रस्तुत गरिएको छ । भिडियोमा समावेश नृत्यको कोरियोग्राफी भने सोम गुरुङले गरेका छन् ।

विशुद्ध प्रेमकथामा आधारित गीतको म्युजिक भिडियोलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । हाल छायांकन सकेर पोष्ट प्रोडक्सनमा रहेको गीतको भिडियो केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । उक्त गितको म्युजिक भिडियो ओएसआर डिजिटल प्रा. लि. को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP