Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई बधाई तथा शुभकामना – Sarangi News


तनहुँ, (सिसाघाट) । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको २०८० को कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना तथा आगामी दिनमा सफलताको शुभकामना प्रदान गरिएको छ ।वि. स. २०१४ सालदेखि तनहुँको शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिइरहेको श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयले यसवर्ष पनि उत्कष्ट नतिजा ल्याउन सफल भएसँगै यहि भदौ ५ गते कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।
व्यास नगरपालिका वडा नम्बर ६ का अध्यक्ष श्री जीवन कुमार गुरुङको प्रमुख आतिथ्यतमा सम्पन्न सो कार्यक्रममा उहाँले आफ्नो देशमा बसेर उच्च शिक्षा हासिल गर्न विद्यार्थी वर्गलाई अभिप्रेरित गर्नुभएको थियो साथै यस कार्यमा आफ्नो व्यक्तिगत तथा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको विद्यायलयका शिक्षक आनन्दराज पौडेलले सारङ्गी न्युजलाई बताउनुभयो ।
कार्यक्रमका सभापति एबम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर आलेले राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा व्यवस्थापन संकायमा १०० प्रतिशत विद्यार्थी तथा समग्रमा ७८.२६ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको कुरा बताउनु भयो। श्री महेन्द्र ज्योति माध्यमिक विद्यालयबाट २३ जना विद्यार्थीहरू नियमित तर्फ कक्षा १२ को बोर्ड परीक्षा मा सहभागी भएकोमा १८ जना समुत्रीर्ण हुन सफल भएका छन् । यसरी विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आलेले कक्षा १२ मा अध्ययन अध्यापन गराउनुहुने सम्पूर्ण शिक्षक शिक्षिका तथा विद्यालय परिवारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो। विद्यालयको नतिजा सुधार गर्नको लागि विद्यालय व्यवस्थापन समिति पनि कुशल ब्यवस्थपानका साथ लागी रहेको हुनाले उहाँले आउँदा दिनहरुमा विद्यालयले अझ उत्कृष्ट नतिजा ल्याउने आशा एवं विश्वास रहेको कुरा बताउनु भयो।
विद्यालय का प्रधानाध्यापक बुद्धि कुमार श्रेष्ठले शिक्षा विषयमा समेत उत्कृष्ट नतिजाका साथ विद्यार्थीहरु उत्तीर्ण हुन सफल भएको बताउनु भयो । उहाँले कक्षा १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । अबका दिन अझै चुनौतीपूर्ण रहेकाले सोचविचार गरेर अझ अगाडि बढ्नु पर्ने औल्याउनु भयो । उहाँले भन्नुभयो विद्यालयले उत्कष्ट नतिजा ल्याएकोमा जति खुसी छौँ, त्यति नै यो सफलतालाई आगामी वर्षमा पनि कायमै राख्न चुनौती थपिएको भन्दै उहाँले निरन्तर सफल बनाउन सबैको योगदान उत्तिकै रहने बताउनु भयो। विद्यालयले उत्कृष्ट पठनपाठनका साथसाथै अतिरिक्त क्रियाकलापका क्षेत्रमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनु भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य दिपक प्रसाद ढुंगाना, सहायक प्रधानाध्यापक हरिराज काफ्ले, शिक्षक आनन्द राज पौडेल , शिक्षक फूर्तिमान बस्नेत,शिक्षक विमला दुरा ,शिक्षक शिव प्रसाद ढुंगाना, विद्यार्थी नलेज विश्वकर्मा लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नु भएको थियो भने बोर्ड परीक्षामा ३.५० जिपिए सहित प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी प्रवेन्द्र विश्वकर्माले आफ्नो अनुभूति सहित विद्यार्थी भाइबहिनी हरुलाई हौसला र प्रेरणा प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP