Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
गण्डकी प्रदेश स्तरीय कविता प्रतियोगितामा रोशन तिमिल्सिना प्रथम – Sarangi News

पोखरा । सोच समूह मदरल्याण्डको आयोजना तथा मदरल्याण्ड मा.वि.को सहकार्यमा आयोजित गण्डकी प्रेदश स्तरीय कविता प्रतियोगितामा कवि रोशन तिमिल्सिना प्रथम भएका छन् ।प्रमाणपत्र सहित उनलाई नगद रु २० हजार सहित पुरस्कृत गरियो ।

साथै चिसाखोला वेद विद्याश्रमका अर्जुन भट्टराई द्वितीय ,पोखरा विश्वविद्यालयका निकेश गिरी तृतीय एवम् अन्जना सुवेदी,(भानुभक्त मा.वि.),विजय अधिकारी(पश्चिमाञ्चल क्याम्पस), सुजित चौधरी ( पोखरा विश्वविद्यालय) र मञ्जिल भण्डारी (सैनिक आवसिय) सान्त्वना स्थान हात पार्न सफल भए ।

जिल्ला समन्वय समिति कास्कीका संयोजक लोकनाथ आचार्य ज्यूको प्रमुख आतिथ्यता एवम् कर्ण शाक्य ज्यूको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा साहित्यकार डा. ईश्वरमणि अधिकारी, साहित्यकार लक्ष्मण थापा तथा प्राज्ञ कवि सरस्वती श्रेष्ठ ‘सरू’ निर्णायक समितिमा रहनुभएको थियो ।

अन्तिम चरणको लागि छनोट ७३ वटा कविता वाचनका लागि आमन्त्रण गरिएको थियो। अर्विन ढुङ्गानाको अध्यक्षतामा उक्त प्रदेश स्तरीय कविता प्रतियोगिताका समापन भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP