Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
पद्मश्री साहित्य पुरस्कार– २०७९ का लागि उत्कृष्ट ५ कृति सार्वजनिक – Sarangi News

पोखरा । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको सूची सार्वजनिक भएको छ ।

प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

चयन प्रक्रियाको पहिलो चरणमा १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरिएको थियो ।

चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट सङ्क्षिप्त सूची निर्णायक मण्डलको सिफारिसबमोजिम ५ कृतिको सूची प्रकाशन गरिएको अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

सङ्क्षिप्त सूचीमा परेका पाँच पुस्तकको नाम वर्णानुक्रममा यस प्रकार रहेको छः

१. इजोरिया- सुबिन भट्टराई

२. ऐँठन- विवेक ओझा

३. मनु- डा. देवीप्रसाद सुवेदी

४. मफलर- प्रदीप रोदन

५. शून्यको मूल्य- डा.नवराज केसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP