Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
पद्मश्री साहित्य पुरस्कार– २०७९ का लागि उत्कृष्ट ५ कृति सार्वजनिक – Sarangi News

पोखरा । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको सूची सार्वजनिक भएको छ ।

प्रतिष्ठानले वि.सं.२०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ ।

चयन प्रक्रियाको पहिलो चरणमा १८० पुस्तकमध्येबाट निर्धारित मापदण्डबमोजिम निर्णायक समितिको सिफारिसअनुसार गत असार १५ गते १५ पुस्तकलाई उत्कृष्ट विस्तारित सूची सार्वजनिक गरिएको थियो ।

चयन प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकमध्येबाट पाँच पुस्तकलाई उत्कृष्ट सङ्क्षिप्त सूची निर्णायक मण्डलको सिफारिसबमोजिम ५ कृतिको सूची प्रकाशन गरिएको अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

सङ्क्षिप्त सूचीमा परेका पाँच पुस्तकको नाम वर्णानुक्रममा यस प्रकार रहेको छः

१. इजोरिया- सुबिन भट्टराई

२. ऐँठन- विवेक ओझा

३. मनु- डा. देवीप्रसाद सुवेदी

४. मफलर- प्रदीप रोदन

५. शून्यको मूल्य- डा.नवराज केसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP