Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
संसार यो बुझ्ने छु (बालकविता) – Sarangi News
म छु सानो बालक
भोलि ठूलो बन्नेछु
मलाई गाली नगर्नू
पढ्छु ज्ञानी बन्नेछु ।१।
   जबर्जस्ती गरेर
   खा खा भनी नभन्नू
   खाएन खै भनेर
   पिट्ने काम नगर्नू।२।
खेल्न मन लाग्दछ
डुल्न मन लाग्दछ
नयाँ बस्तु देखेमा
भुल्न मन लाग्दछ।३।
   हाँस्दै खेल्दै सिक्ने छु
   संसार यो बुझ्ने छु
   ज्ञानी ध्यानी बनेर
   देशको सेवा गर्ने छु।४।
*******************
लेखिकाको फेसबुक आइडी हेर्न यहाँ थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP