संसार यो बुझ्ने छु (बालकविता) – Sarangi News
म छु सानो बालक
भोलि ठूलो बन्नेछु
मलाई गाली नगर्नू
पढ्छु ज्ञानी बन्नेछु ।१।
   जबर्जस्ती गरेर
   खा खा भनी नभन्नू
   खाएन खै भनेर
   पिट्ने काम नगर्नू।२।
खेल्न मन लाग्दछ
डुल्न मन लाग्दछ
नयाँ बस्तु देखेमा
भुल्न मन लाग्दछ।३।
   हाँस्दै खेल्दै सिक्ने छु
   संसार यो बुझ्ने छु
   ज्ञानी ध्यानी बनेर
   देशको सेवा गर्ने छु।४।
*******************
लेखिकाको फेसबुक आइडी हेर्न यहाँ थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP