Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
कास्कीमा शिक्षक आन्दोलन परिचालन समिति गठन – Sarangi News

पोखरा । सङ्घीय राजधानी काठमाडौँकेन्द्रित शिक्षक आन्दोलनलाई प्रभावकारी ढङ्गबाट अघि बढाउनका लागि कास्कीमा ७५ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरिएको छ ।

नेपाल शिक्षक महासङ्घ र महासङ्घमा आबद्ध/सम्बद्ध शिक्षकहरूका पेसागत सङ्घ/सङ्गठनहरूको पदाधिकारीको बुधबार पोखरामा सम्पन्न भेलाबाट नेपाल शिक्षक महासङ्घ, कास्कीका अध्यक्ष बोधराज पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा महासङ्घकै सहअध्यक्ष डिल्लीराम बराल र सचिवमा महासङ्घका सचिव मनिराम कडेल रहेका छन् ।

शिक्षक महासङ्घसँग विभिन्न समयमा गरिएका सम्झौताहरू समावेश गरी सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, पेसागतसँगै समग्र शैक्षिक समस्याहरूको समाधान गर्नुपर्नेलगायत ५१ बुँदे माग राख्दै नेपाल शिक्षक महासङ्घ चरणरबद्ध आन्दोलनमा उत्रेको छ । यसअघि जिल्ला र प्रदेश स्तरमा धर्नासहित ज्ञापनपत्र बुझाइसकेको महासङ्घले प्रस्तावित सङ्घीय शिक्षा ऐन संसद्‍मा टेबल भएपछि सङ्घीय स्तरमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने गरी परिचालन समिति गठन गरेको हो । प्रस्तावित शिक्षा ऐनमा भएका शिक्षक/कर्मचारीको पेसागत हकहितविपरीतका प्रावधानहरू हटाएर ऐनलाई सर्वस्विकार्य बनाउन माग गर्दै महासङ्घले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सातै प्रदेश, ७७ जिल्ला र सङ्घीय स्तरमा आन्दोलन परिचालन समिति गठन गरेको सचिव मनिराम कडेलले जानकारी दिए ।

हेर्नुहोस् आन्दोलन परिचालन समितिका पदाधिकारीको नामावलीः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP