Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
‘सम्बोधिका’ लिएर आए ईश्वरमणि – Sarangi News

पोखरा । साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक सङ्ग्रह ‘सम्बोधिका’ बजारमा आएको छ । कृतिको प्रकाशक संस्था पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, दीपक समीप, सरस्वती प्रतीक्षालगायतले कृतिको लोकार्पण गरे ।

यसअघि सगरमाथा आरोही अरविन (जीवनी, २०५८), समयको तस्बिर (कविता सङ्ग्रह, २०६१) र हृदयको आलाप (गजल सङ्ग्रह, २०६६) प्रकाशन गरिसकेका अधिकारीको सम्बोधिका चौथो कृति हो । वि. सं. २०२६ मा लमजुङमा जन्मेका उनी चालिसको दशकदेखि पोखरा बस्दै आएका छन् । उनी पृथ्वीनारायण क्याम्पसका गणित विभागका प्रमुख हुन् ।

कार्यक्रममा साहित्यकार सरुभक्तले लेखकीय पहिचान लेखकको शैली र विचारले दिने भन्दै ईश्वरमणिलाई रुवाइ शैलीका राम्रा मुक्तक लेख्न सक्ने स्रष्टाका रूपमा आफूले चिनेको बताए । साहित्यकार तीर्थ श्रेष्ठले पोखराको मुक्‍तकिलो इतिहासको स्मरण गर्दै संरचनाको पछि दौडेर कहीँ नपुगिने बरु भावगत पक्षमा जोड दिन लेखकहरूसँग आग्रह गरे ।

कृतिकार अधिकारीले झण्डै तीन दशकमा लेखिएका मुक्तकहरूमध्ये छानिएका १११ मुक्तक कृतिमा समेटिएका जानकारी दिए । कृतिको समीक्षा सञ्जीव पौडेलले गरेका थिए ।

परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रीता अधिकारीले स्वागत तथा पूर्वअध्यक्ष जीवन सागर भण्डारीले स्रष्टा परिचय दिएका थिए । कार्यक्रममा रमेश श्रेष्ठ, हरिदेवी कोइराला, दीपक समीप, सरस्वती प्रतीक्षाले शुभकामना दिएका थिए । कृतिभित्रबाट मुक्तक मञ्चका पूर्वअध्यक्ष प्राञ्जलले मुक्तक वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव चैतन्य अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP