Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
लघुकथाको ५३ औँ शृङ्खला – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले लघुकथाले भिन्नै उचाइ प्राप्त गर्दै गएको र यसको समयानुकूल विकासका लागि निरन्तर सिर्जना, साधना, बहस र अन्तर्क्रिया गर्दै जानुपर्ने बताए । त्यस्तै कवि तीर्थ श्रेष्ठले पनि तिसको दशकमा प्राङ्गण पत्रिका प्रकाशन गर्ने गरेको इतिहास सम्झँदै त्यही पत्रिकाबाट लघुकथासमेत सुनाए ।

कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की अन्जान, शिवु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुलीलगायतले लघुकथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP