Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
लघुकथाको ५३ औँ शृङ्खला – Sarangi News

पोखरा । लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५३ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै साहित्यकार सरुभक्तले लघुकथाले भिन्नै उचाइ प्राप्त गर्दै गएको र यसको समयानुकूल विकासका लागि निरन्तर सिर्जना, साधना, बहस र अन्तर्क्रिया गर्दै जानुपर्ने बताए । त्यस्तै कवि तीर्थ श्रेष्ठले पनि तिसको दशकमा प्राङ्गण पत्रिका प्रकाशन गर्ने गरेको इतिहास सम्झँदै त्यही पत्रिकाबाट लघुकथासमेत सुनाए ।

कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, डा. ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की अन्जान, शिवु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुलीलगायतले लघुकथा वाचन गरेका थिए ।

संस्थाका सचिव अमृतले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष कल्याण पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP