Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
लघुकथाः चोखो पानी – Sarangi News
“जातीय भेदभाव चाहिँदैन । अपमान गर्न पाइँदैन ।” नारी दिवसका दिन रामकुमारीले घोक्रो फुलाउँदै नारा लगाइन् । झन्डा बोकेर पछि पछि लाग्नेले पनि सँगसँगै फलाके, “…….चाहिँदैन, चाहिँदैन ………… पाइँदैन, पाइँदैन ।”
रामकुमारीले भाषणमा समेत भन्न भ्याइन्– “अहिले हाम्रो समाजमा कुरीति, अन्धविश्वास, सङ्कीर्णताले जरो गाडेको छ । तपाईं हामी सबै मिलेर यो बेथितिको जालो फाल्नुुपर्छ ।”
××××× ××××× ×××××
सुन्तली परियारलाई आश्चर्य र खुसी पनि लाग्यो । छिमेकी बाहुनी दिदीले त गजबै बोल्दिरहिछन् । राति निद्रा नलागिन्जेल उनकै नारा र भाषण सुन्तलीका कानमा गुन्जिरह्यो ।
××××× ××××× ×××××
राति धेरै बेरसम्म के के सोचेर सुन्तली सुतिरहिन् । बिहान उठ्दा ढिलो भएछ । हत्त न पत्त उठेर गाग्री लिएर सार्वजनिक धारामा पानी थाप्न गइन् । रामकुमारी पनि पानी थाप्दै रहिछन् । रामकुमारीलाई देखेर सुन्तलीले मुसुक्क हाँस्दै भनिन्– “ए, दिदी पनि पानी थाप्न आउनुभएको रहेछ ।”
रामकुमारी भन्दै थिइन्– “अँ त नि, बरु एकछिन यता नआइज है सुन्तली ?”
“किन त नि दिदी ?” सुन्तलीले अरु प्रश्न सोध्न भ्याउँदा नभ्याउँदै काखीमा पानीको गाग्री च्याप्दै रामकुमारीले भनिन्– “बिहान पूजा गर्न चोखो पानी चाहिएथ्यो र आएकी म त । गएँ है ….”
*********************
कृपया यो लिङ्क पनि हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध छ ।
२०८०/०५/१२
लमजुङ, भोर्लेटार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP