Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
र्‍यान्डमले मनायो पुस्तक आदानप्रदानसहित पुस्तकालय दिवस – Sarangi News

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा ५० जनाले एकआपसमा पुस्तक साटासाट गरेका थिए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीका सदस्य खिम लामिछाने ‘काजी’ले पुस्तकालय दिवसको महत्त्वमाथि प्रकाश पारेका थिए । पुस्तक आदानप्रदानको सुरुवात संस्थापक गनेस पौडेलले गरेका थिए । यसै बिच नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष केशवशरण लामिछाने र संस्थापक गनेस पौडेलल पदस्थापन गराएका थिए । समितिका अध्यक्षमा रुपिन्द्र प्रभावी, उपाध्यक्ष गौरी तमु र अनुपमणि अधिकारी, सचिव नेपालप्रकाश अधिकारी, कोषाध्यक्ष ध्रव केसी र सहसचिव दीपक पराजुली रहेका छन् । सदस्यहरूमा बाबुराम सुवेदी, बाबुराम सुवेदी, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, अमृत सुवेदी, दुर्गा राना, एलिसा विक, रत्नाकुमारी विश्वकर्मा र खिम लामिछाने `काजी´ रहेका छन् । समितिको सल्लाहकारमा गनेस पौडेल, उपेन्द्र पौडेल र केशवशरण लामिछाने छन् भने पुस्तक छनोट समितिमा केशवशरण लामिछानेको संयोजकत्वमा विजय भण्डारी र हसिना बस्नेत रहेका छन् ।

सोसाइटीले पुस्तक दिवस र पुस्तकालय दिवसमा पुस्तक आदानप्रदानलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । आफ्नो पहिलो मासिक नियमित कार्यक्रम आगामी भदौ ३० गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा डा. नवराज केसीको कृति ‘शून्यको मूल्य’ माथि परिचर्चा गर्ने सोसाइटीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP