Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
आइतबार , भाद्र २८, २०८३
गजल – Sarangi News

उहाँ खास हुनुहुन्छ त्यसकारण अविराम चल्नुपर्छ

होस् गर ! सवारी रोकियो भने सिंहदरबार जल्नुपर्छ

   नाथे ट्राफ्रिकलाई सिठ्ठी बजाउन मात्र सिकाइयो

   सा’बलाई प्रश्न सोध्नुअघि झुकेर गोडा मल्नुपर्छ

देश बदल्ने मान्छे उहाँ आफू बदलिन कसो मिल्ला

बदल्नै पर्ने भएदेखि बरु कानुन बदल्नुपर्छ

   गोल हानिरहने खेलाडी हो रेफ्रीले मान्नै पर्दथ्यो

   कि त गोल मानिनुपर्छ अब कि त पोल उखल्नुपर्छ

खोजेर त्यति सजिलै कहाँ पाइन्छ परिपक्वता

बच्चा हो नपिरल भने पनि त जरुर पिरल्नुपर्छ

*************************************
मध्यनेपाल न.पा.-६, भोर्लेटार, लमजुङ ।
सम्वत् २०८० भदौ १८
———————————————–
लेखकको फेसबुक एकाउन्ट हेर्न यहाँ थिच्नुहोस् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP