तमानखाेलाकाे बुद्ध आविमा भलिवल प्रतियोगिता सम्पन्न – Sarangi News

तमानखाेला, बागलुङ । श्री बुद्ध बाल क्लबको आयोजनामा तमानखाेला गाँउपालिका–१, स्याउलामा शुक्रबार विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

तमानखाेला गाँउपालिका–१, स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यायलयमा गठित क्लबले अतिरिक्त क्रियाकलाप अन्र्तरगत शुक्रबार अन्तर सदनात्मक छात्र /छात्रा भलिवल तथा भित्रबाहिर खेल सम्पन्न गरेको हो ।

छात्र भलिबल प्रतियोगितामा नावाचुली सदन पहिलो, बराहताल सदन दोस्रो र नौडल्ले सदन तेस्रो भयो । छात्रातर्फ भने नौडल्ले सदन प्रथम र बराहताल सदन दोस्रो भएकाे क्लबका अध्यक्ष मिलन राेकाले जानकारी दिए ।

अर्को शुक्रबार क्लबले विज्ञान प्रर्दशनी र भाद्र २९ गते राष्ट्रिय बाल दिवस तथा हरितालिका तीज २०८० को अवसरमा बाल बिबाह अन्त्यका लागि सचेतनामूलक तीजगीत प्रतियोगिता, खेलकुद तथा विविध सांस्कृति कार्यक्रम आयोजना गर्ने क्लबका सचिव पुष्पाअञ्जिली सिउतानीले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP