Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
तमानखाेलाकाे बुद्ध आविमा भलिवल प्रतियोगिता सम्पन्न – Sarangi News

तमानखाेला, बागलुङ । श्री बुद्ध बाल क्लबको आयोजनामा तमानखाेला गाँउपालिका–१, स्याउलामा शुक्रबार विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

तमानखाेला गाँउपालिका–१, स्याउला स्थित श्री बुद्ध आधारभूत विद्यायलयमा गठित क्लबले अतिरिक्त क्रियाकलाप अन्र्तरगत शुक्रबार अन्तर सदनात्मक छात्र /छात्रा भलिवल तथा भित्रबाहिर खेल सम्पन्न गरेको हो ।

छात्र भलिबल प्रतियोगितामा नावाचुली सदन पहिलो, बराहताल सदन दोस्रो र नौडल्ले सदन तेस्रो भयो । छात्रातर्फ भने नौडल्ले सदन प्रथम र बराहताल सदन दोस्रो भएकाे क्लबका अध्यक्ष मिलन राेकाले जानकारी दिए ।

अर्को शुक्रबार क्लबले विज्ञान प्रर्दशनी र भाद्र २९ गते राष्ट्रिय बाल दिवस तथा हरितालिका तीज २०८० को अवसरमा बाल बिबाह अन्त्यका लागि सचेतनामूलक तीजगीत प्रतियोगिता, खेलकुद तथा विविध सांस्कृति कार्यक्रम आयोजना गर्ने क्लबका सचिव पुष्पाअञ्जिली सिउतानीले जानकारी दिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP