Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
कविताः सौन्दर्य र माधुर्य – Sarangi News

सौन्दर्य र माधुर्य (कविता)

                           – गङ्गा लिगल

कोमल वस्तुको
नामाकरण
लिन सकिने
यी दुबै
अत्यन्त मिठासपूर्ण
शब्दको
अर्को नाम
” सौन्दर्य र माधुर्य “
कविको कलमले
बारम्बार
प्रयोग गर्न मिल्ने
र खोज्ने
यी दुई शब्द
कवितात्मक
लयको लागि अत्यन्त
रसमय शब्द हुन्
यी बिना कबितामा
नैसर्गिक आनन्दको
अनुभूतिमा
कमी महसुस हुन्छ
जस्तो गुलाफको
फुलमा
सुगन्ध
रामायण मानवको
लागि
अनुपम सन्देश
हो भने
” सौन्दर्य र माधुर्य
यसका सुबास हुन्
त्यसैकारण यो
सुन्दरताकै क्रममा
सुवासीय भई
प्रवाहित हुन
सफल
भएको छ ।
***************
लेखिकाका अन्य सामग्री पढ्न र ह‍ेर्न  यहाँ  थिच्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP