Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
बालकविताः पुतलीको घर – Sarangi News

पुतलीको घर (बालकविता

                     रामचन्द्र घिमिरे शास्त्री 

कति राम्रो छिर्केमिर्के पुतलीको जिउ
सधैँभरि हेरिराखौँ नेपालको हिउँ

तोरीबारी रमाइलो पहेँलपुर फूल
पुतलीलाई माया मार्ने गर्नु हुन्न भुल
मेरी सानी बैनी गर्छिन् कति फर्‍याकफुरुक
पुतलीलाई छोप्न जाऊँ उठ जर्‍याकजुरुक

यो फूलको मह चुसी अर्को फूल जाऊ
घुमिफिरी तिमी फेरी यही ठाउँमा आऊ
सम्झाउँदै पुतलीलाई भन्छे बैनी सानी
मौरी जस्तै जम्मा गर्ने नहोस् अरे बानी

प्रकृतिको हरियाली तिमी छिरीबिरी
गौँथलीको चिरिबिरी हावा सिरिसिरी
सधैँभरि भइराखे स्वर्ग हुन्थ्यो घर
बस तिमी यसै ठाउँ कतै वर पर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP