बालकविताः पुतलीको घर – Sarangi News

पुतलीको घर (बालकविता

                     रामचन्द्र घिमिरे शास्त्री 

कति राम्रो छिर्केमिर्के पुतलीको जिउ
सधैँभरि हेरिराखौँ नेपालको हिउँ

तोरीबारी रमाइलो पहेँलपुर फूल
पुतलीलाई माया मार्ने गर्नु हुन्न भुल
मेरी सानी बैनी गर्छिन् कति फर्‍याकफुरुक
पुतलीलाई छोप्न जाऊँ उठ जर्‍याकजुरुक

यो फूलको मह चुसी अर्को फूल जाऊ
घुमिफिरी तिमी फेरी यही ठाउँमा आऊ
सम्झाउँदै पुतलीलाई भन्छे बैनी सानी
मौरी जस्तै जम्मा गर्ने नहोस् अरे बानी

प्रकृतिको हरियाली तिमी छिरीबिरी
गौँथलीको चिरिबिरी हावा सिरिसिरी
सधैँभरि भइराखे स्वर्ग हुन्थ्यो घर
बस तिमी यसै ठाउँ कतै वर पर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम

कास्की आइडल एलिमिनेसन राउन्डमा, गायनतर्फ १४ र नृत्यतर्फ १२ प्रतिभा छनोट


TOP