लक्ष्मी रेग्मी खनालको गजल – Sarangi News

गजल (तीजविशेष)

    –  लक्ष्मी रेग्मी खनाल 

बालापनको फुलबुट्टे जामा सम्झी राेएँ 

अनदीको लट्टेसँगै आलु तामा सम्झी रोएँ

 

याद आउँछ छमछम नाच्दै पकाउनुन्थो दर 

मामाघरकी बुढी भा’की आमा सम्झी राेएँ

 

उर्ली आउँथ्यो आँधीखोला बाढी र पहिरो 

तीजका चेली भन्दै आउने मामा सम्झी रोएँ

 

दर खाँदै दुःख-सुख साट्ने निउँमा दिदीबहिनी

नाच्दै  रुँदै गीत गाउने आमा छ्यामा सम्झी रोएँ ।

***************************************

वालिङ, स्याङ्जा

लेखिकाको बालोपयोगी रचना समेटिएको सामग्री हेर्न यहाँ  थिच्नुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने

रेडक्रसको वक्‍तृत्वकलामा ओख्लेडाँडाका बराल प्रथम

लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना

लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।


TOP