लक्ष्मी रेग्मी खनालको गजल – Sarangi News

गजल (तीजविशेष)

    –  लक्ष्मी रेग्मी खनाल 

बालापनको फुलबुट्टे जामा सम्झी राेएँ 

अनदीको लट्टेसँगै आलु तामा सम्झी रोएँ

 

याद आउँछ छमछम नाच्दै पकाउनुन्थो दर 

मामाघरकी बुढी भा’की आमा सम्झी राेएँ

 

उर्ली आउँथ्यो आँधीखोला बाढी र पहिरो 

तीजका चेली भन्दै आउने मामा सम्झी रोएँ

 

दर खाँदै दुःख-सुख साट्ने निउँमा दिदीबहिनी

नाच्दै  रुँदै गीत गाउने आमा छ्यामा सम्झी रोएँ ।

***************************************

वालिङ, स्याङ्जा

लेखिकाको बालोपयोगी रचना समेटिएको सामग्री हेर्न यहाँ  थिच्नुहोला ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित


TOP