बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद हुने, पालिका प्रमुख सहयोगी ! – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा
बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिनुभयो ।

‘सामाजिक अपराध’का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम ३ जना, छात्रछात्रा हुनुपर्ने नियम बनाइएकाे छ । प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार १ सय, १ हजार ४ सय र तेस्रो हुनेले रु ५ सय नगद र प्रमाणपत्र पाउनेछ्न् । छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले रु ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रमको मुख्य आकर्षक बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र पाउनेछन् । दोस्रो , तेसो र सान्त्वना हुनेले क्रमशः रु ६ सय, ३ सय र १५० नगद सहित प्रमाणपत्र पाउनेछन् ।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ । देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयाेग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर २०, २०८२ शुक्रबार 200 Views

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

  मंग्सिर १७, २०८२ मंगलबार 81 Views

डा. अमर गिरीका दुई कृति एकैसाथ सार्वजनिक

  मंग्सिर १०, २०८२ मंगलबार 196 Views

कास्की आइडलमा टपटेन छनोट

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP