Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद हुने, पालिका प्रमुख सहयोगी ! – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ । ५९ औं राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध आधारभूत विद्यालयमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ ।

नेपालीहरुकाे पर्व हरितालिका तीजकाे अवसरमा बालविवाह अन्त्यका लागि जनचेतनामूलक तीजगीत, सचेतना मुलक र्याली तथा छात्र/छात्रा भलिबल प्रतियोगिता आयाेजना गरिएको बुद्ध बाल क्लबले जनाएकाे छ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा
बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा हुने कार्यक्रममा एक दर्जन बढी समुहको तीजगीत प्रस्तुत हुने क्लबका उपाध्यक्ष दुर्गादेबि बिकले जानकारी दिनुभयो ।

‘सामाजिक अपराध’का रूपमा रहेको बालबिबाह रोक्न स्वयम् वालबालिका र विद्यालयको भुमिका महत्त्वपूर्ण हुने भएकाले यस्तो सचेतनामुलुक कार्यक्रम आयोजना गर्न लागिएको विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगर जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरुकाे प्रतिभा पहिचान तथा संस्कृतिक जर्गेनाका लागि पनि महत्त्वपूर्ण हुने बताउनु भयो ।

कार्यक्रम यही भाद्र २९ श्री बुद्ध आधारभूत विद्यालयकाे प्राङ्गणमा हुने बाल क्लबका अध्यक्ष मिलन रोकाले जानकारी दिनुभयाे।मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै बालविवाह विरुद्धका प्रस्तुती रहने बताईएको छ ।

तीजगीत प्रतियोगितामा सहभागीता जनाउनकाे लागि क्लबले विविध नियमहरु बनाएको छ।
क्लबका सह-सचिव पुष्पाअन्जली सिउतानीका अनुसार तीजगीत ‘बाल विवाह अन्त्य गरौं’ भन्ने थिममा आफैंले रचना गर्नुपर्ने छ भने भाका मौलिक तीजगीतमा आधारित हुनुपर्ने छ । एक टिममा न्युनतम ३ जना, छात्रछात्रा हुनुपर्ने नियम बनाइएकाे छ । प्रतियाेगीतामा भागि लिन कुनै शूल्क नलाग्ने बताइएकाे छ ।

त्यस्तै छात्र छात्रा भलिबल र भित्रबाहिर खेल पनि हुनेछन् । छात्र भलिबलमा प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ हजार १ सय, १ हजार ४ सय र तेस्रो हुनेले रु ५ सय नगद र प्रमाणपत्र पाउनेछ्न् । छात्रा भलिबल प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र, दोस्रो हुनेले ७ सय र तेस्रो हुनेले रु ५ सय नगद सहित सहभागी सबैले प्रमाणपत्र पाउँनेछन् ।

कार्यक्रमको मुख्य आकर्षक बालविवाह अन्त्यका लागि सचेततामुलुक र्याली र तीजगीत प्रतियोगितामा प्रथम हुनेले रु एक हजार र प्रमाणपत्र पाउनेछन् । दोस्रो , तेसो र सान्त्वना हुनेले क्रमशः रु ६ सय, ३ सय र १५० नगद सहित प्रमाणपत्र पाउनेछन् ।

कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्नको लागि करिब २५ हजार लाग्ने भएकाले बाल क्लबले जनाएको छ । देश विदेशमा रहेका तमानवासी सबै आमा बुवा,दाजुभाइलाई आर्थिक सहयाेग गरिदिन बाल क्लबले सबैलाई आग्रह समेत गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP