Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
मौलिकता जोगाऔँ (तीजे गीतको भाकामा बालकविता) – Sarangi News

बाल कविताः मौलिकता जोगाऔँ

      – रञ्जुश्री पराजुली

ढिकरीमा चामल कुटी
सेल पाक्थ्यो तिहारमा
शुद्ध घिउको बासना
उड्थ्यो हरर

जाडो याम घाममा बसी
मिलिजुली घुम बुन्थे
बर्खा याम पानी छेक्न
बोकी हिँड्दथे

मकै भुट्ने हाँडी के हो
के थाहा र सानालाई
कुकरमा मकै भुट्छन्
ग्याँस सल्काई

नौनी बन्छ कसरी
छैन थाहा तिनलाई
बटरको प्याक खोली
चाट्छन् रमाई

राख्नु पर्छ जतनसँग
पुराना ती सम्झना
सँगालेका पुर्खाले
राम्रा रचना

पुरानालाई हेप्न हुन्न
नराम्रो छ भनेर
मौलिकता जोगाऔँ
ज्ञानी बनेर ।

——————————-

(काठमाडौँ हालः अमेरिका)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP