शनिबार , साउन १२, २०८१
बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद भब्यरूपमा सम्पन्न ( फाेटाे फिचर) – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ ।  ५९ औं  राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध बाल क्लबले आयोजना गरेको बालविवाह अन्त्यका लागि तीजगीत तथा विविध खेलकुद कार्यक्रम भब्यरुपमा आइतबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र  तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा सम्पन्न तीजगीत प्रतियोगितामा  सरिता घर्तीको समुह प्रथम भयो । नेत्रकुमारी र दुर्गा देबि बिकको समुह द्वितीय, भविश्वर र निर्मलाको समूहले तृतीय स्थान हाँसिल गर्न सफल भए । बिजेताले क्रमशः १ हजार, ६ सय र ३ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेकाे निर्णायक आश महमद हवारीले जानकारी दिनुभयाे ।

त्यस्तै गरि छात्र भलिबल तर्फ मिलन रोका र हेबेन्द्र सिर्पालीको सोलेडाँडा सदन बिजेता बन्यो । भविश्वर खड्काथोकीको बराहताल सदन उपबिजेता, बेग बहादुर बिकको नावाचुली सदन तृतीय भए । बिजेता, उपबिजेता  र तृतीय हुनेले क्रमशः  २ हजार एक सय, १ हजार ४ सय र ७ सय नगद सहित प्रमाणपत्र पाए ।

छात्रा भलिबलमा खिममाया गोतामेको समुह बिजेता बन्यो भने दुर्गा देबि बिकको समुह उपबिजेता भयो । विजेताले १ हजारसहित प्रमाणपत्र र उपबिजेताले ७ सय सहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । छात्र भलिबलमा  बेग बहादुर विक र छात्रा भलिबलमा खिममाया गोतामे  सर्वोत्कृष्ट खेलाडी घोषणा भए । सर्वोत्कृष्ट खेलाडीले आकर्षक नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

त्यस्तै  भित्रबाहिर खेलमा अमृत बिक , चित्र बिक र लक्ष्मी सिउतानी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल भए । उनीहरुले क्रमशः रु २००,१५० र १०० नगदसहित प्रमाणपत्र पाए । कार्यक्रममा बाल बिबाह न्यूनीकरण सम्बन्धि जनचेतना मुलक नाटक पनि प्रदर्शन गरिएको थियो । क्लबले सहयाेगी मनहरूप्रति धन्यवाद ज्ञापन गरेकाे छ ।

पुरस्कर वितरण समारोहमा सम्बोधन गर्दै तमानखोला वडा न १ का सदस्य तथा प्रमुख अतिथि टेकलाल बिकले मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै विद्यालयले बाल क्लबमार्फत  बालविवाह विरुद्धका  बुलन्द आवाज गर्न सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगरले स्वागत  गर्नुभएको थियो । क्लबका मनमाया रसाइली, निर्मला र नेत्रकुमारी रसाइलीले स्वागत गीत गाएका थिए भने कार्यक्रम संचालन शिक्षक कबिन्द्र सिउतानीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP