Trend
नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||   शिक्षक सङ्घ, कास्कीका पूर्वअध्यक्ष भण्डारीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री  ||   श्रावण महिनाको पहिलो सोमबार ईशानेश्वर महादेव मन्दिरमा ८० हजार दान संकलन।  ||  
शनिबार , साउन १६, २०८३
बुद्ध आविमा बालविवाह विरुद्ध तीजगीत र खेलकुद भब्यरूपमा सम्पन्न ( फाेटाे फिचर) – Sarangi News

प्रकाश अधिकारी ।
तमानखोला, बागलुङ ।  ५९ औं  राष्ट्रिय बाल दिवस तथा हरितालीका तीजको अवसरमा बुद्ध बाल क्लबले आयोजना गरेको बालविवाह अन्त्यका लागि तीजगीत तथा विविध खेलकुद कार्यक्रम भब्यरुपमा आइतबार सम्पन्न भएको छ ।

तमानखोला गाउँपालिकाले मुख्य सहयोग र  तमानखोला गाउँपालिका वडा नं. १ सहकार्यमा बुद्ध बाल क्लबले विद्यालयको समन्वयमा सम्पन्न तीजगीत प्रतियोगितामा  सरिता घर्तीको समुह प्रथम भयो । नेत्रकुमारी र दुर्गा देबि बिकको समुह द्वितीय, भविश्वर र निर्मलाको समूहले तृतीय स्थान हाँसिल गर्न सफल भए । बिजेताले क्रमशः १ हजार, ६ सय र ३ सय नगदसहित प्रमाणपत्र प्राप्त गरेकाे निर्णायक आश महमद हवारीले जानकारी दिनुभयाे ।

त्यस्तै गरि छात्र भलिबल तर्फ मिलन रोका र हेबेन्द्र सिर्पालीको सोलेडाँडा सदन बिजेता बन्यो । भविश्वर खड्काथोकीको बराहताल सदन उपबिजेता, बेग बहादुर बिकको नावाचुली सदन तृतीय भए । बिजेता, उपबिजेता  र तृतीय हुनेले क्रमशः  २ हजार एक सय, १ हजार ४ सय र ७ सय नगद सहित प्रमाणपत्र पाए ।

छात्रा भलिबलमा खिममाया गोतामेको समुह बिजेता बन्यो भने दुर्गा देबि बिकको समुह उपबिजेता भयो । विजेताले १ हजारसहित प्रमाणपत्र र उपबिजेताले ७ सय सहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । छात्र भलिबलमा  बेग बहादुर विक र छात्रा भलिबलमा खिममाया गोतामे  सर्वोत्कृष्ट खेलाडी घोषणा भए । सर्वोत्कृष्ट खेलाडीले आकर्षक नगदसहित प्रशंसा पत्र प्राप्त गरे ।

त्यस्तै  भित्रबाहिर खेलमा अमृत बिक , चित्र बिक र लक्ष्मी सिउतानी क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हाँसिल गर्न सफल भए । उनीहरुले क्रमशः रु २००,१५० र १०० नगदसहित प्रमाणपत्र पाए । कार्यक्रममा बाल बिबाह न्यूनीकरण सम्बन्धि जनचेतना मुलक नाटक पनि प्रदर्शन गरिएको थियो । क्लबले सहयाेगी मनहरूप्रति धन्यवाद ज्ञापन गरेकाे छ ।

पुरस्कर वितरण समारोहमा सम्बोधन गर्दै तमानखोला वडा न १ का सदस्य तथा प्रमुख अतिथि टेकलाल बिकले मौलिक नेपाली संस्कृतिको जगेर्ना गर्दै विद्यालयले बाल क्लबमार्फत  बालविवाह विरुद्धका  बुलन्द आवाज गर्न सफल भएकोमा खुसि व्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष मिलन रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तीमगरले स्वागत  गर्नुभएको थियो । क्लबका मनमाया रसाइली, निर्मला र नेत्रकुमारी रसाइलीले स्वागत गीत गाएका थिए भने कार्यक्रम संचालन शिक्षक कबिन्द्र सिउतानीले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP