Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
शुक्रबार , असार ५, २०८३
स्याउलामा सामाजिक विभेदविरुद्ध तीजगीत घन्किए, छमछमी नाचे – Sarangi News

प्रकाश अधिकारी ।

बोङ्गादोभान, बागलुङ । जिल्लाको पश्चिमवर्ती तमानखोला १, स्याउलामा सामाजिक बिभेद विरुद्ध तीज गीतहरु घन्किएका छ्न् ।

तमान गाउँपालिका वडा नं. १ र आमासमुह संगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालबिबाह र सामाजिक विभेद विरुद्ध आवाज मात्रै सुनाएन छलछ्मी नचाए ।

देश बनाउने राजनीति खराब भयो चरित्र
हुनुपर्छ देशभक्ती सबको दिल भित्र

कलाकारहरुले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए । जात ब्यबस्था अन्त्यको उद्घोष गरे , बर्ग बिहिन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमान्दारी हुनुपर्नेमा जोड दिए ।

चेलीको वेदना र विलौना गरि सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र बिद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र विहानी रामजालीको समुह प्रथम हुँदै रु १५०० र प्रमाणपत्र पाए । जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समुहको गीतले दोस्रो हुँदै रु १००० प्रमाणपत्र पायो भने थम कुमारी वि.क र अनुजा खड़‌काको गीतले तेस्रो हुँदै हुँदै रु ७००/- र प्रमाणपत्र पायो । दिलमाया र झरणाको समुह स्वान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिब बिर्ख बहादुर बिकले जानकारी दिनुभयो ।

लोक नृत्य प्रतियोगिले आफू मात्रै नाचेन्न उपस्थित दिदीबहिनीलाई पनि छलछ्मी नचाए । नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समुह प्रथम, आशा घर्ति र अञ्जली विकको समूह द्वितीय र दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भए । टेकमाया र अनुजा खड्‌काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए।
नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार, १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको अध्यक्ष कबिन्द्र सिउतानीले जानकारी दिनुभयो  ।

बाल विवाह अन्त्य सामाजिक बिभेद न्यूनिकरणमा केन्द्रित विशेष कार्यक्रको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, बिशिस्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती मगर, दल प्रसाद पुन र मिलिजुली आमासमुहका आशा घर्ती , नव परिबर्तनशील आमा समुहका थम कुमारी वि.क. साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो । संयौको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेको कार्यक्रमा उक्त कार्यक्रमको अहमता थियो कार्यक्रम पश्चात दिदी बहिनीहरु दर खादै उडी उफ्री नाचेका थिए ।
कार्यक्रमलाई वडाले ६ हजार मिलिजुली आमा समुह र नव परिबर्तनशील आमा समुहले ३/३ हजार नगद सहयोग गरेका थिए ।

क्लब अध्यक्ष कविन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम बिकको स्वागत र सचिव बिर्ख ब. बिकले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP