स्याउलामा सामाजिक विभेदविरुद्ध तीजगीत घन्किए, छमछमी नाचे – Sarangi News

प्रकाश अधिकारी ।

बोङ्गादोभान, बागलुङ । जिल्लाको पश्चिमवर्ती तमानखोला १, स्याउलामा सामाजिक बिभेद विरुद्ध तीज गीतहरु घन्किएका छ्न् ।

तमान गाउँपालिका वडा नं. १ र आमासमुह संगको समन्वयमा स्थानीय नव प्रगतिशील युवा क्लबको चाजोपाँजोमा यहाँका महिलाहरुले बालबिबाह र सामाजिक विभेद विरुद्ध आवाज मात्रै सुनाएन छलछ्मी नचाए ।

देश बनाउने राजनीति खराब भयो चरित्र
हुनुपर्छ देशभक्ती सबको दिल भित्र

कलाकारहरुले तीजको भाकामा सामाजिक विभेद विरुद्ध आगो ओकले । सरकारलाई चुनौती दिए । जातीय छुवाछूत विरुद्ध एकजुट हुने सन्देश दिए । जात ब्यबस्था अन्त्यको उद्घोष गरे , बर्ग बिहिन समाजको कल्पना र बाटो देखाए । राजनीतिक इमान्दारी हुनुपर्नेमा जोड दिए ।

चेलीको वेदना र विलौना गरि सकिने तीज अहिले सामाजिक जागरण, सशक्तीकरण र बिद्रोहको तह सम्म आइपुगेको छ । समताको सन्देश बोकेको आशा घर्तिमगर र विहानी रामजालीको समुह प्रथम हुँदै रु १५०० र प्रमाणपत्र पाए । जातीय समानताको सन्देश दिएको फूल कुमारी सिर्पाली, रीतु रसाइली खममाया सिर्पालीको समुहको गीतले दोस्रो हुँदै रु १००० प्रमाणपत्र पायो भने थम कुमारी वि.क र अनुजा खड़‌काको गीतले तेस्रो हुँदै हुँदै रु ७००/- र प्रमाणपत्र पायो । दिलमाया र झरणाको समुह स्वान्त्वना स्थान गर्न सफल भएको क्लबका सचिब बिर्ख बहादुर बिकले जानकारी दिनुभयो ।

लोक नृत्य प्रतियोगिले आफू मात्रै नाचेन्न उपस्थित दिदीबहिनीलाई पनि छलछ्मी नचाए । नृत्यमा तिर्सना र पुष्पा सिर्पालीको समुह प्रथम, आशा घर्ति र अञ्जली विकको समूह द्वितीय र दिलमाया सिर्पाली र तिर्सना सिर्पालीको समूह तृतीय भए । टेकमाया र अनुजा खड्‌काको समूह सान्त्वना स्थान हासिल गर्न सफल भए।
नृत्यमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २ हजार, १५ सय र एक हजार नगदसहित प्रमाणपत्र पाए भने सान्त्वना हुनेले प्रमाणपत्र पाएको अध्यक्ष कबिन्द्र सिउतानीले जानकारी दिनुभयो  ।

बाल विवाह अन्त्य सामाजिक बिभेद न्यूनिकरणमा केन्द्रित विशेष कार्यक्रको प्रमुख अतिथि वडा सदस्य तेकलाल विश्वकर्मा, बिशिस्ट अतिथि क्लबका सल्लाहकार देवेन्द्र घर्ती मगर, दल प्रसाद पुन र मिलिजुली आमासमुहका आशा घर्ती , नव परिबर्तनशील आमा समुहका थम कुमारी वि.क. साथै वडा सदस्य देवसरा विकको उपस्थिति रहेको थियो । संयौको संख्यामा महिला तथा पुरुषहरुको सहभागिता रहेको कार्यक्रमा उक्त कार्यक्रमको अहमता थियो कार्यक्रम पश्चात दिदी बहिनीहरु दर खादै उडी उफ्री नाचेका थिए ।
कार्यक्रमलाई वडाले ६ हजार मिलिजुली आमा समुह र नव परिबर्तनशील आमा समुहले ३/३ हजार नगद सहयोग गरेका थिए ।

क्लब अध्यक्ष कविन्द्र सिउतानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष प्रेम बिकको स्वागत र सचिव बिर्ख ब. बिकले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP