Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
सोमबार , बैसाख ७, २०८३
सँझ्या – पाठक र कविको सेतु – Sarangi News

सँझ्या – पाठक र कविको सेतु

हरिहर तिमिल्सिना

कला र कविताका लागि – “सँझ्या साहित्य” पुन: सञ्चालन भएको छ । समावेशी कार्यक्रमको नमूना र तीन पुस्ताका कविका लागि मञ्च बनिरहेको सँझ्या सन् २०१४ को नोवेम्बर (२०७१ मंसिर) बाट शुरु भएको थियो ।
तीन पुस्ताका कविताको उत्खनन् गर्ने र नेपाली कविताका मानक कविको सम्मान, स्थापित कविको प्रचार र नवउदीयमान कविलाई प्रोत्साहन गरी स्थापित गराउने उद्देश्यसहित स्थापित सँझ्या साहित्यले देशका ख्यातिप्राप्त कविदेखि नयाँ पुस्ताका कविको समेत खोज गरिरहेको छ ।

आज मध्यपुर थिमिको शङ्खधर चोकस्थित द बिन्ज एन्ड बाइट्ज क्याफेमा कोभिड र अन्य विविध कार्णले लामो समय स्थगित कार्यक्रम आजबाट शुरुवात भयो । कार्यक्रममा १६ कविका कविता सुन्ने भनिए पनि १८ कविले आआफ्ना कविता सुनाए । सर्वप्रथम नयाँ पुस्ताकी कवि एवम् सञ्चारकर्मी कञ्चन जिआरले आजकल शीर्षकको रुमानी कविता सुनाइन् । अग्रजपुस्ताका कवि कृष्णमोहन जोशीले “समृद्धिको सपना देख्न”, सामना पहाडले “उस्तै रहेछ”, कवि एवम् पत्रकार जीतेन्द्र रसिकले “अक्षरका कथा”, विक्रम पवन परियार्ले “वीर योद्धासँगको प्रेम”, रमी प्रियाले “प्रेमको क्षितिज”, अविनाश भट्टराइले “आगो”, ईश्वर थोकरले “याद”, विष्णुकला राईले “जाभामा कफी” शीर्षक कविता सुनाए ।

त्यस्तै नेपालभाषाका कवि ॐ कृष्ण श्रेष्ठले “पानी”, चर्चित कवि उमेश अकिञ्चन राईले “घामलाई प्रश्न” अनिता महर्जनले “मलाई मार्छौ किन”, शोभा सरभले “इच्छा” हिमाल चन्द्र बरालले “शासकको अन्त्य”, तेजकृष्ण श्रेष्ठले सुसेली कविता सुनाए ।

सँझ्या साहित्यका हरिहर तिमिल्सिनाले एक कविता सुनाए भने अभय श्रेष्ठले तीन कविता सुनाए भने कवि एवम् समालोचक महेश कार्की क्षितिजले एक कविता सुनाए ।

वाचित कवितामाथि कवि एवम् समालोचक कार्कीले समीक्षात्मक टिप्पणी राख्दै अभय श्रेष्ठको कविता र कताकारिताका बारे टिप्पणी गर्दै आउन लागेको कवितासञ्चयन “लहना र तिर” ले नेपाली कवितामा धमाका मच्चाउने र अमिट छाप छोड्ने बताए ।

सँझ्याका अभियन्ता, कवि एवम् पत्रकार रामगोपाल आशुतोषले सँझ्याको शुरुवातीदेखिका क्रियाकलाप र भावी कार्ययोजना प्रस्तुत गर्दै कार्यक्रमका रूपरेखा प्रस्तुत गरे । प्रत्येक महिनाको दोस्रो शनिबार तीन पुस्ताका कविलाई ससम्मान मञ्चमा प्रस्तुत गर्ने बताउँदै खल्तीमा कविता बोकेर आफ्नो सुनाएर खल्तीमा कोचेर लुसुक्क हिँड्ने कविलाई सँझ्या साहित्यले निरुत्साहित गर्ने बताउँदै सँझ्या सबैको साझा भएको र यसले विशुद्ध पाठक र कविताको सेतुको रूपमा काम गर्ने बताए ।

सहआयोजक चाक्ला फल्चा र मिडिया पार्टनरहरू, ग्रेस एफएम १०७.६, भक्तपुर पोष्ट र सारङ्गी न्युज रहेका छन् । सँझ्याका नवीन प्रकाश श्रेष्ठ व्यवस्थापक रहेका छन् ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP