Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
सम्झना थापा मगरका रोज्जा मुक्तक – Sarangi News

मुक्तक १
सम्बन्धमा पानीको फोका नहोस्
कुण्ठमा गुनासोको पोका नहोस्
सँगै जीवन काट्न नपाए पनि प्रिय,
मेरो चोखो पिरतीमा धोका नहोस् |

मुक्तक २
जस्तो कानुन बनाए पनि चल्छ नेपालमा
सोझा साझालाई अति नै छल्छ नेपालमा
निमुखाहरू माथी अत्याचार हुन थाले पछि,
बेला बेला सडकतिर टायर बल्छ नेपालमा |

मुक्तक ३
मिल्छ भने पायक पर्ने ठाँउमा स्कुल बनाइदिनु
मिल्दैन भने तुइन हटाइ मजबुत पुल बनाइदिनु
ज्यान जोखिममा पारेर कहिले सम्म नदि तर्नु ?
ए सरकार ! यो समस्या चाँडो निर्मुल बनाइदिनु

मुक्तक ४
कन्जुस्याइँ गरेर अत्यधिक सम्पत्ति जमाए पनि
कहिल्यै पुग्दैन मान्छेलाई जति धन कमाए पनि
सार्थक जीवन जिउन मनै देखी सन्तुष्ट हुनुपर्छ,
नत्र अर्थहिन हुन्छ जीवन बाहिर जती रमाए पनि |

पु.ब.न .पा – १ प्रगतिनगर स्याङ्जा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP