अनेसासको विश्वव्यापी कविता महोत्सवमा कवि जगन्नाथ पौडेल प्रथम – Sarangi News

अनेसासको विश्वव्यापी कविता महोत्सवमा कवि जगन्नाथ पौडेल प्रथम

अनेसास कविता महोत्सव २०२३ मा अमेरिकाको भर्जिनिया निवासी जगन्नाथ पौडेल प्रथम भएका छन् । प्रतियोगिताका लागि प्राप्त ३ सय एक कवितालाई उछिन्दै उनको कविता ‘न्युयोर्कभरि सगरमाथा’ प्रथम भएको हो । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपाल निर्णायक रहेको समितिले ललितपुर नेपालका ऋषभदेव घिमिरेको कविता द्वितीय र आनन्द श्रेष्ठ( न्यूजर्सी, अमेरिका), मदन घिमिरे ( कास्की, नेपाल) र सुमन शिरिष (सिन्धुपाल्चोक, ,नेपालको कवितालाई तृतीय घोषित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गर्दै आएको यो तेस्रो संस्करण हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा अनेसास बिओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गरेका थिए भने सल्लाहकार प्रतीक ढकालले घिमिरेको साहित्यिक योगदानका बारेमा चर्चा गरेका थिए ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेका साथै अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा. रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले मन्तव्य राखेका थिए भने  एकसय एकजना कविले कविता वाचन गरेका थिए। जूममा करिव छ घण्टा चलेको उक्त कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी,नेत्रवन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गरेका थिए ।

प्रथम पुरस्कार प्रायोजकःतीर्थ पाण्डे, द्वितीय पुरस्कार प्रायोजक ईश्वरी भट्ट, तृतीय पुरस्कार प्रायोजक तीर्थराज अधिकारी, तृतीय पुरस्कार प्रायोजक सम्झना आचार्य र नेत्रवन्धु पोखरेल रहनुभएको छ ।

कविता महोत्सव तथा प्रतियोगितामा नेपाल, अमेरिकाका ५० राज्यहरू, नर्वे, भारतका मुम्बई, असाम, सिलगडी, दार्जीलिङ लगायत, साउदी, कतार, नर्वे, पोर्चुगल, ईजरायल, अस्ट्रेलिया, क्यानाडा, कोरिया, बेलायत, बेल्जियम र अफ्रिकाबाटसमेत कविहरूले भाग लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP