Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
पोखरामा एकल वाचनमा सुनिए त्रिपाठी – Sarangi News

पोखरा । कवि शिव त्रिपाठीको एकल काव्य वाचन बिहिबार पोखरामा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ पोखरा डेस्टिनेसनको आयोजनामा भएको त्रिपाठीको पहिलो एकल काव्य वाचन उनले दुई दर्जन कविता, गजल वाचन गरे । पोखराको हेमजामा जन्मेका त्रिपाठी पोखराका विभिन्न शैक्षिक संस्थाहरूमा अङ्ग्रेजी विषय प्राध्यापन गर्छन् । लयबद्ध प्रस्तुतिका लागि ख्याति कमाएका त्रिपाठीले सो अवसरमा पनि अधिकांश रचना लयबद्ध रूपमै प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार प्राञ्जल, लक्ष्मण तिमल्सिना र तारा पराजुली त्रिपाठीका रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त, प्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा .घनश्याम परीश्रमी, छन्द बचाऔं अभियानका अभियन्ता माधव वियोगीलगायतको उपस्थितिले हिमालयन रिडर्स कर्नरको सभाहल खचाखच भएको थियो ।

क्लबका साहित्य संयोजक माधव खतिवडाको संयोजकत्वमा सम्पन्न कार्यक्रम क्लबका अध्यक्ष  सन्तोष शर्मा तिमिल्सिनाको अध्यक्षता र सचिव छवि पनेरुको सञ्चालनमा भएको थियो । कार्यक्रममा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एमका चिफ एडमिनिस्ट्रेटर किशोर बरालले  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP