Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
स्व: जगदिश न्यौपाने रनिङ शिल्डमा २१ टिमको सहभागिता। – Sarangi News

लमजुङ। छोरा सुनिल न्यौपानेद्वारा स्व: बुवा जगदिश न्यौपानेको रनिङ शिल्ड दोस्रो खुल्ला सेवेन ए साईड फूटबल प्रत्योगितामा २१ टिम भएको छ। राक्सेकालिका युवा क्लबको आयोजनामा चिण्डे गाउँ खेल मैदानमा नगर प्रमुख रमेश कुमार पण्डेको प्रमुख आथित्यमा दिप प्रज्वलन साथै बेलुन उडाएर उद्घाटन गरिएको थियो।

साथै वडा नं १ भरका गाउँ ठाउँ र परिवेशलाई समावेश गरिएको अडियो गित ” हामी जिताली हाम्लाई प्यारो हाम्रो जिता” बोलको सार्वजनिक गरिएको थियो। गितको शब्द बम बहादुर थापा “जिताली” र सुदिप थापाको रहेको छ। संगित शिवराज गौतम र सुदिप थापाको रहेको छ भने स्वर राजु आर डी बिबेक धिताल, शिवराज गौतम, नारायण बर्देवा माण्डपी त्रीपाठी लगायत गायक गायिकाहरुको रहेको छ। भिडियो सार्वजनिक भने पछि गरिने वडा अध्यक्ष सुदिप थापाले बताए।

प्रमुख आतिथी पाण्डे ज्युले स्व: जगदिश न्यौपानेका छोरा सुनिल न्यौपानेले गरेको यो सर्हानिय कार्यको उच्च सम्मान गर्दै यस खेलामा सहाभागी टिमलाई राष्ट्रिय अन्तराष्ट्रीय खेल जगतको खेल र खेलाडी श्रेणिमा उत्पादन गर्न सकियोस भन्दै बिजय दशमी तथा शुभ दिपावलिको शुभकामना ब्यक्त गर्नु भएको थियो। शुभाकामना मन्त्यव्यमा मंगला माबिका प्रअ बिष्णु हरि बास्तोला,शिक्षिकाको प्रतिनिधित्व गर्दै सुर्यज्योती माबिका लक्ष्मी भण्डारी कार्की, वडा अध्यक्ष वडा नं १ २ र ३ का वडा अध्यक्षहरु क्रमश: सुदिप थापा, पदम बहादुर थापा र केशव न्यौपानेले बोल्नुभएको थियो। शुभकामना मन्तव्यको क्रममा वडा नं १ का वडा अध्यक्ष सुदिप थापाले यसै आर्थिक बर्ष भरिमा आफ्नो वडाका खरको छाना घरहरु खरको छाना मुक्त घर वडा र गाउँ बनाउने प्रतिबद्दता समेत जाहेर गरेका थिए।

उक्त कार्यक्रममा जेष्ठ नागरिक सम्मान गरिएको थियो। सम्मानमा ९२ बर्षिय भुजनाथ तिवारिलाई प्रमुख अतिथी पाण्डेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो।

यस्तै गरेर उद्घाटन खेलमा राक्सेकलिका सि का बिरुद्द मालिका युवा क्लब थान्सिङ बिच भएको थियो। मालिका युथ क्लबले राक्सेकालिका सि लाई शुन्यका बिरुद्द सात गोलले पराजित गरेको थियो। खेल १५/१५ मिनेटको खेलमा रेफ्रीको भुमिका सुमन घिमिरे र अमन दुराको थियो।

कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष बालकुमार श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रम संचालन खम्बा सिंह गुरुङले गर्नु भएको थियो।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP