Trend
नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||  
सोमबार , साउन १८, २०८३
गुरुङ साहित्यिक मंच नेपालको अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत। – Sarangi News

पोखरा । गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा तेजबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

पोखराको अमरसिंह चोक स्थित लेकाली चुल्हो घरको सभाहलमा शनिबार भएको मञ्चको सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा रोश्मी गुरुङ (रोशनी), महासचिव सम्राट गुरुङ, सचिव मिश्र गुरुङ, कोषाध्यक्ष जसु गुरुङ, सहकोषाध्यक्ष छम गुरुङ, निर्वाचित भएका छन।

त्यस्तै सदस्यहरुमा सदस्य आश गुरुङ, प्रतिमा गुरुङ, पवित्रा गुरुङ र सदस्य सुरज गुरुङ छन्। मिश्र गुरुङले कोशी, छम गुरुङले वाग्मती र आश गुरुङले गण्डकी प्रदेश संयोजकको जिम्मेवारी समेत पाएका छन्। हरिप्रिया गुरुङ सुर्खेत, रुख बहादुर गुरुङ काठमान्डौ,  निरन्जरन गुरुङ सुनसरिलाई पछि बस्ने बैठकले निर्णय गर्ने नव निर्वाचित मन्चका अध्यक्ष तेज बहादुर गुरुङ्ले बताए।

प्रा. डा. गणेशमान गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गुरुङ साहित्यिक मंच नेपालको “सप्तो” नामक मुख पत्रको समेत बिमोचन भएको छ। सप्तोमा गुरुङ साहित्यकारहरुको लेख रचनाहरु समावेश छन । निवर्तमान अध्यक्ष गौरी सरा गुरुङको प्रधान सम्पादक रहेको मुख पत्रमा रोश्मी गुरुङ(रोशनी) को सम्पादन रहेको छ।

गुरुङ भाषा र साहित्यको उत्थानको उद्देश्यले गुरुङ साहित्यिक मञ्ज नेपाल २०७४ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP