Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
अर्जुन आए अर्जुनदृष्टि लिएर – Sarangi News

काठमाडौँ । एनआरएनएको ११ औँ महाधिवेशनको विशेष समारोहमा एनआरएनएका निवर्तमान उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठद्वारा लिखित ‘अर्जुनदृष्टि-जीवनका पाँच दशक’ लोकार्पण गरिएको छ । बुधबार काठमाडौँस्थित होटल सोल्टीमा पूर्व शिक्षामन्त्री, उपसभामुख एवम् नेपाली काङ्ग्रेसकी प्रमुख सचेतक चित्रलेखा यादव, पूर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनाल, पूर्व सहरी विकासमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्री, एमाले नेता एवम् प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठक, एनआरएनएका अध्यक्ष कुल आचार्य तथा लेखक श्रेष्ठले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

पुस्तक लेखनीको रचनागर्भ सुनाउँदै लेखक श्रेष्ठले पुस्तकमा पर्वतको फलेवास हुँदै युरोपका सहरसम्मका सङ्घर्ष र प्राप्ति, बाल्यकाल हुँदै प्रौढावस्थासम्मका जीवनका विविध घटनाक्रम र मृत्युपर्यन्त शरीर दानसम्मका सङ्कल्पको जीवन्त दस्तावेज समावेश गरिएको बताए । उनले भने,  “पुस्तक मेरो जीवनको साढे चार दशक लामो स्वदेश र विदेश यात्राका क्रममा भोगेको जीवनको यादगार सँगालो हो, जहाँ मैले मातृभूमिको माटो हुँदै युरोपका बाटोसम्मका विविध पाटोको जीवन्त चित्रण गरेको छु । आफ्नै गुँडमा हुर्कँदै गरेको बचेरा परिबन्धमा परेर कसरी पराइ भयो र पुनः त्यही गुँड फर्कने सोच बनायो ? यही प्रश्नको उत्तरको खोजी हो – अर्जुनदृष्टि ।”

पुस्तकका सम्पादक राजिन पनेरूले अर्जुनदृष्टिले लेखकका कर्मका सृष्टिमा वर्तमानका सुन्दर दृष्टिको संयोजन रहेको बताउँदै पुस्तकले श्रेष्ठका व्यावसायिक र पारिवारिक मात्र नभई सामाजिक कर्म र देश छाडेर परदेश गएको सन्तानले जन्मभूमि र मातापिताप्रति गर्ने स्नेह राम्रोसँग पर्गेलेको कुरा भनाइ राखे ।

कलर क्राफ्ट बागबजारले प्रकाशन गरेको पुस्तक बिक्रीबाट उठेको सम्पूर्ण रकम लेखकले आफ्ना स्वर्गीय हजुरबुबा जि.मु. देवीप्रसाद फाउन्डेसनमार्फत् सामाजिक कार्यका निम्ति खर्च गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP