Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
विपद्मा सहारा:आगालागि पीडित् फगामीलाई आमाहरुको नगद र खाद्यन्न सहयोग – Sarangi News

प्रकाश अधिकारी,

म्याग्दी । घरमा आगलागि भएर बेसहारा भएका चित्र बहादुर फगामीलाई भराेसा मिलेको छ ।

म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङ्ग स्थित फगामीको घरमा गत ३० गते मध्यराती घरमा आगलागि भएको थियो । आगलागिहुँदा पुरै घर जलेर नष्ट हुँदा बेसहारा हुनभएका फागामीको स्थानिय मगरदाङ्ग आमा समुह सहारा बनेको छ । आमा समुहको सक्रियतामा करिब ३४ हजार नगद र ५ मुरी खाद्यन्न, लत्ताकपडा, भाडाकुँडा र तरकारी सहयोग गरिएको आमा समुहले जनाएको छ ।

आमा समुहका सदस्यहरुले गाँउगाँउ पुगेर सहयोग संकलन गरि हस्तान्तरण गरेका छन् । समुहले ३३,८२० नगद र ४ मुरी १९ पाथी खाद्यन्न, तरकारी,आलु, गेडागुडी, भाडाँकुडा र लत्ताकपडा सहयोग गरेको सचिव सुनिता पाइजा पुनले जानकारी दिनुभयो ।

विपद्को बेला सहार बन्न सक्नुनै मानवियता भएको भन्दै आमाहरु सहयोग संकलन गरिरहेका छन् । उनिहरुले देश विदेशमा रहेन दाङ्गालीहरुलाई सहयोगको अपिल समेत गरेका छन् । सहयोग गर्न चाहने महानुभावहरुले मोबाइल नम्बर ९८६७८८६४८६ र ९८४९३३३२६० मा सम्पर्क गर्न सकिने आमा समुहले जनाएको छ ।

सहयोग लिएर गएका आमाहरुलाई चित्रको परिबारले धन्यबाद ज्ञापन गरेको छ भने समुहले सहयोगी मनहरुप्रति कृतज्ञाता प्रकट गरेको छ ।सहयोग दाताको नामावली तल उल्लेखित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP