विपद्मा सहारा:आगालागि पीडित् फगामीलाई आमाहरुको नगद र खाद्यन्न सहयोग – Sarangi News

प्रकाश अधिकारी,

म्याग्दी । घरमा आगलागि भएर बेसहारा भएका चित्र बहादुर फगामीलाई भराेसा मिलेको छ ।

म्याग्दीको मालिका गाउँपालिका ५ मगरदाङ्ग स्थित फगामीको घरमा गत ३० गते मध्यराती घरमा आगलागि भएको थियो । आगलागिहुँदा पुरै घर जलेर नष्ट हुँदा बेसहारा हुनभएका फागामीको स्थानिय मगरदाङ्ग आमा समुह सहारा बनेको छ । आमा समुहको सक्रियतामा करिब ३४ हजार नगद र ५ मुरी खाद्यन्न, लत्ताकपडा, भाडाकुँडा र तरकारी सहयोग गरिएको आमा समुहले जनाएको छ ।

आमा समुहका सदस्यहरुले गाँउगाँउ पुगेर सहयोग संकलन गरि हस्तान्तरण गरेका छन् । समुहले ३३,८२० नगद र ४ मुरी १९ पाथी खाद्यन्न, तरकारी,आलु, गेडागुडी, भाडाँकुडा र लत्ताकपडा सहयोग गरेको सचिव सुनिता पाइजा पुनले जानकारी दिनुभयो ।

विपद्को बेला सहार बन्न सक्नुनै मानवियता भएको भन्दै आमाहरु सहयोग संकलन गरिरहेका छन् । उनिहरुले देश विदेशमा रहेन दाङ्गालीहरुलाई सहयोगको अपिल समेत गरेका छन् । सहयोग गर्न चाहने महानुभावहरुले मोबाइल नम्बर ९८६७८८६४८६ र ९८४९३३३२६० मा सम्पर्क गर्न सकिने आमा समुहले जनाएको छ ।

सहयोग लिएर गएका आमाहरुलाई चित्रको परिबारले धन्यबाद ज्ञापन गरेको छ भने समुहले सहयोगी मनहरुप्रति कृतज्ञाता प्रकट गरेको छ ।सहयोग दाताको नामावली तल उल्लेखित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP