संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प। – Sarangi News

कास्की। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी अन्नपुर्ण बेस क्याम्प गएका हुन्। स्वागतका लागि स्थानिय र जनप्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो।

उनको स्वागतका लागि अन्नपुर्ण बेस क्याम्पमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकी सहित स्वागत गरिएको छ ।
अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका पालिका प्रवक्ता भरतमान गुरुङले बताए। त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छ।

सो अवसरमा महासचिव गुटरेसले जलवायु परिवर्तनमा नेपाल जस्तो राष्ट्रहरुको कुनै दोष नरहेको उल्लेख गर्दै यसको लागि मुख्य जिम्मेवार ठुला शक्ति राष्ट्रहरु भएको बताउँदै ठुला शक्ति राष्ट्रहरुले नेपाल जस्तो कम विकसित र जलवायु परिवर्तन बाट प्रभावित राष्ट्रहरुको विकासमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो भने यसको पक्षमा लाग्ने साथै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो ठाउँ बाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP