Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प। – Sarangi News

कास्की। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी अन्नपुर्ण बेस क्याम्प गएका हुन्। स्वागतका लागि स्थानिय र जनप्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो।

उनको स्वागतका लागि अन्नपुर्ण बेस क्याम्पमा छुट्टै हेलिप्याड बनाइएको छ भने स्थानीय झाँकी सहित स्वागत गरिएको छ ।
अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसी सहितको टोलीले गुटेरेसलाई स्वागत गरेका पालिका प्रवक्ता भरतमान गुरुङले बताए। त्यहाँ पालिका अध्यक्ष केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराइरहेका छ।

सो अवसरमा महासचिव गुटरेसले जलवायु परिवर्तनमा नेपाल जस्तो राष्ट्रहरुको कुनै दोष नरहेको उल्लेख गर्दै यसको लागि मुख्य जिम्मेवार ठुला शक्ति राष्ट्रहरु भएको बताउँदै ठुला शक्ति राष्ट्रहरुले नेपाल जस्तो कम विकसित र जलवायु परिवर्तन बाट प्रभावित राष्ट्रहरुको विकासमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो भने यसको पक्षमा लाग्ने साथै यस क्षेत्रको विकास र समृद्धिको लागि आफ्नो ठाउँ बाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP