Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
स्वास्थ्यकर्मीको टोली लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ उड्यो सेनाको स्काई ट्रक, प्रधानमन्त्री प्रचण्डसहितको टोली के गर्दै छ ? – Sarangi News

पाेखरा। सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालबाट स्वास्थ्यकर्मीको टोली पश्चिम रुकुम र जाजरकोटतर्फ गएको छ ।

सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।

खड्काका अनुसार, दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको छ । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको एसएसपी खड्काले बताए ।

‘डीआरएस कन्टेनरमा खाद्यान्नबाहेक उद्दारका सबै सामग्रीहरु हुन्छ, अहिले कुरिनटार र सिनामंगलरमा पनि डिजास्टर म्यानेजमेन्टको तालिम लिएको टोली तैनाथ राखिएको छ’, उनले भने, ‘थप मेडिकल रेस्पोन्डरको टोली पनि पठाउन तैनाथ गरेका छौं ।’

एसएसपी खड्काका अनुसार, महेश्वरी बाहिनी सुर्खेतबाट खोज तथा उद्दारका लागि टोली जाजरकोटमा खटिएको छ । उपत्यका गणबाट पनि टोली तैनाथ छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सेनाको टोली पनि गएरातिदेखि नै खोज तथा उद्दारमा खटिएको छ । थप उद्दार टोलीलाई पठाउन समेत तैनाथ राखिएको छ । सेनाको हेलिकोप्टरमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली पनि त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP