पुर्व खेलकुद मन्त्री जगत विश्वकर्मा मर्दी पदयात्रामा, पर्यटकको बढ्दो चाप। – Sarangi News

कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको उत्तरी सिमानामा अवस्थित विश्व प्रसिद्ध मर्दी पदमार्गमा पुर्व खेलकुद मन्त्री जगत विश्वकर्माका सपरिवार सहित मर्दी पदयात्रामा छन। यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको चाप ह्वात्तै बढेको छ। दशैं, तिहार लगायत चाडपर्वहरुको आगमन सँगै यस पदमार्गमा पर्यटकको आगमन बढ्दा यहाँका होटेल तथा रेष्टुरेन्टहरु भरिभराउ छन् ।
स्थानीय व्यवसायीहरुका अनुसार पर्यटनको सिजन सुरु भएको साथै दशैं तिहार लगायत पर्वमा प्राय सम्पुर्ण कार्यलय र शैक्षिक संस्थाहरुमा लामो समय बिदा हुने कारण पनि विदेशी सँगै स्वदेशी पर्यटकहरुको घुइँचो लागेको छ ।पोखराबाट ३ दिनमा पदयात्रा सकेर फर्किन सकिने भएकोले अधिकांशको रोजाइमा पर्ने उत्कृष्ट छोटो पदयात्रामा मर्दी पदमार्ग पर्दछ। यहाँको प्राकृतिक सुन्दरता , कुमारी हिमाल माछापुच्छ्रे , अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण , गंगापुर्ण , हिमचुली लगायत हिमालहरु आँखा अगाडि औंलाले छुन मिल्ने झैँ दृश्यावलोकन गर्न पाइने हुँदा यस पदमार्गमा पर्यटकहरु आकर्षित हुँदै गएका छन् ।

स्थानीय पर्यटन व्यवसायी एवं अन्नपूर्ण -७ का जनप्रतिनिधि राम गुरुङका अनुसार हाल दैनिक चार सय भन्दा बढीको संख्यामा र कुनै कुनै दिन त पाँछ सयको संख्या हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक मर्दी पदमार्गमा आउने गरेको बताए । यसरी पर्यटकको चाप बढे सँगै पर्यटन व्यवसायीहरु उत्साहित भएको र उनीहरुको स्वागत , सत्कार र आतिथ्यतामा भ्याइनभ्याई भइरहेको बताए । मर्दी ट्रेक व्यवस्थापन समितिका पुर्व अध्यक्ष पुर्ण गुरुङ ( साइला) ले कोभिडले थला परेको पर्यटन व्यवसायलाई अहिलेको पर्यटकको चापले आफुहरुलाई उत्साहित बनाएको बताउँदै मर्दी पदमार्गमा ६० वटा होटेल रेस्टुरेन्ट रहेको र एक दिनमा ५५० जना पर्यटकलाई सेवा दिन सकिने क्षमता रहेको बताए ।
यसैक्रममा पुर्व युवा तथा खेलकुद मन्त्री एवं कास्की क्षेत्र नं.-३ का निवर्तमान सांसद जगत विश्वकर्मा आफ्नो सपरिवार र केही साथीहरू सहित मर्दी पदयात्रामा पुगेका छन् । त्यस क्रममा उनले प्रफुल्ल मुद्रामा ”मर्दीको पदयात्रा गर्दा आफू धेरै रोमान्चित र आनन्दित भएको” बताउँदै यहाँको भ्यू प्वाइन्टदेखि देखिने सुन्दर दृश्यावलोकन सँगै यहाँको प्राकृतिक आनन्द महसुस गर्न सबैजना कम्तीमा एकपटक आउनै पर्ने ठाउँ रहेको बताए। अनौपचारिक भ्रमणमा पुगेका पुर्व मन्त्री विश्वकर्मालाई अचानक आफ्नो ठाउँमा पाउँदा मर्दी पदमार्गका पर्यटन व्यवसायीहरूले हर्षोल्लासका साथ स्वागत र सम्मान गरे भने विगतमा आफुहरुलाई कानुनी समस्या पर्दा र अन्य समस्यामा समेत साथ सहयोग गरेको भन्दै आभार प्रकट गर्दै मर्दी पदमार्गको उचित व्यवस्थापनको लागि सरकार र एक्याप सँग पहल गरिदिन आग्रह गरे ।
उक्त अवसरमा पुर्व मन्त्री विश्वकर्माले यस क्षेत्रका पर्यटन व्यवसायीहरुको समस्याहरु बारेमा आफू सुरु देखि नै जानकार रहेको र समस्या समाधानको लागि समन्वय पनि गर्दै आएको बताउँदै आगामी दिनमा समेत पर्यटन व्यवसायीहरुलाई आइपरेको समस्या समाधानमा पहल गर्ने बताए ।
त्यस्तै अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता एवं वडा नं.-७ का वडा अध्यक्ष भरत मान गुरुङले आफुहरु जति सक्दो छिटो मर्दी पदमार्गको होटेल तथा रेस्टुरेन्टहरुलाई व्यवस्थित गर्ने पक्षमा रहेको जनाउँदै एक्याप सँग समन्वय गरेर अगाडी बढिरहेको र एउटा दिग्दर्शन जारी गरेर त्यसै अनुरुप यहाँका होटेल तथा रेस्टुरेन्टहरुलाइ व्यवस्थापन गर्ने गरी योजना अगाडी बढिरहेको बताए ।

पोखरादेखि करिब २५ किमि दुरिमा रहेको अन्नपूर्ण गाउँपालिकाको काँडेबाट तथा माछापुच्छ्रे गाउँपालिकाको धम्पुसबाट अष्ट्रेलियन क्याम्प , पोथना , प्रीतम देउराली , फरेस्ट क्याम्प सम्म पर्यटक पुग्छन् भने पोखरादेखी तोल्का र लान्द्रुक गाउँसम्म जिपमा पुगेर त्यहाँ बाट समेत फरेस्ट क्याम्प पुग्न सक्छन् , साथै माछापुच्छ्रे गाउँपालिकाको घलेल , कालीमाटी हुँदै सिदिङ सम्म जिप मार्फत पुगेर त्यहाँ बाट फरेस्ट क्याम्प सम्म पुग्न सक्छन् । फरेस्ट क्याम्प बाट लो क्याम्प , बादल डाँडा , हाइ क्याम्प, भ्यू प्वाइन्ट हुँदै चार हजार पाँच सय मिटरको उचाईमा रहेको मर्दी आधार शिविर ( एम बि सी) पुगिन्छ ।
मर्दी पदमार्गको भ्यू प्वाइन्ट बाट आँखै अगाडी लस्करै ठडिएका आधा दर्जन भन्दा बढी हिमाल सहित पोखरा उपत्यका, डाँडाकाँडा र वनजंगल दृश्यावलोकन गर्न सकिन्छ ।
मर्दी पदयात्रा छोटो समयको पदयात्राको रुपमा रहेको हुँदा एक/दुई दिनको बिदाको समयमा समेत पूरा गर्न सकिने भएकोले पर्यटकको रोजाइमा पर्न थालेको मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP