Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
तिहारः बालगीत – Sarangi News

बाल गीत : तिहार

                सरिता पराजुली

डाँडा पाखा घाम लाग्यो  भयो घमाइलो

तिहारको चाड आउँदा हुन्छ रमाइलो

 

दाजु भाइ दिदी बैनी आपसमा मिली

घर आँगन सफा गरी पारौँ झिलिमिली

सयपत्री मखमली फूल बागभरि

पुतलीले राज गर्छे आई घरिघरि ।

 

काग तिहार कुकुर तिहार सबै मनाउँछौँ

गाईलाई पूजा गरी आशीर्वाद लिन्छौँ

लक्ष्मीपूजा गर्छौँ बत्ती बाली झिलिमिली

रमाइलो गर्दै खेल्छौँ देउसी अनि भैली ।

 

सप्तरङ्गी टीका अनि माला लगाएर

टपरीमा सेल अर्सा चाङ लगाएर

काजु बदाम छोडा पनि साथै सजाएर

ल्याएकी छन् मेरी दिदी आफै बनाएर ।

—————————————-

चन्द्रागिरि-१५, काठमाडौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP