शनिबार , साउन १२, २०८१
दोस्रो गाउँपालिका उपाध्यक्षकप विजेतालाई बुद्ध आविको सम्मान – Sarangi News
प्रकाश अधिकारी
तमानखोला, बागलुङ ।
तमानखोला–१,स्याउलास्थित बुद्ध आधारभूत विद्यालयले दोस्रो गाउँपालिका उपाध्यक्षकप प्रतियोगितामा सहभागि तथा विजेता विद्यार्थीहरुलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
तमानखोला गाउँपालिकाद्धारा आयोजित दोस्रो गाँउपालिका उपाध्यक्षकप प्रतियोगिता २०८० मा विद्यालयबाट सहभागि भई चित्रकला र चम्चा दौड प्रतियोगितामा तृतिय हुने कक्षा ५ का छात्र गगन घर्तिमगर र कक्षा ५ की छात्रा चन्द्रकुमारी वि.कलाई विद्यालयले थप नगदसहित सम्मान गरेको हो । विजेताले जनही नगद रु ७५० ट्रफी, मेडल र प्रमाणपत्र पाएको विद्यालयले जनाएको छ ।
प्रतियोगितामा समाबेश साविकको प्रा.वि स्तरीय हाजिरी जवाफ, र हिसाब दैडमा सहभागी विद्यार्थीहरु अन्जली विक, चित्र विक, अक बहादुर विक र ओमप्रसाद विकलाई विद्यालयका प्रधानाध्यापक नन्दप्रसाद घर्तिमगरले हौसला स्वरुप अविर टीका र नगदले सम्मान गर्नुभयो ।
प्र.अ. घर्तिमगरले पाठ्यपुस्तक इतर यस्ता प्रतियोगिताले विद्यार्थीको सिर्जनशिलता र कल्पनाशक्ती वृद्धि गर्ने भन्दै आफूहरुले विद्यार्थीको चौतर्फी विकासकालागि हरेक शुक्रबार सहकार्यकलाप संचालन गरिरहेको बताउनु भयो ।
तमानखोला ६ भित्रिवन स्थित श्री डिल्ली आधारभूत विद्यालयमा शुक्रबार संचालन भएको उपाध्यक्षकप प्रतियोगितामा प्रथम वडा नं २ को खोलेस्बाङ आधारभूत विद्यालय भयो भने जनमोति आधारभूत विद्यालय हिजा दोस्रो भए । पालिकाभरका १६ विद्यालयहरु सहभागि भएको कार्यक्रममा सरस्वती आ.वि लाममेला र देउराली आ.वि खुंखानी अंकका आधारमा तृतिय भए ।
तमानखोला गाँउपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको शिक्षा शाखा प्रमुख दुर्गादत्त घिमिरेले दोस्रो गाउँपालिका उपाध्यक्षकपको संयोजन गर्नुभएको थियो । कार्यक्रममा १६ विद्यालयका प्रअ शिक्षक तथा विद्यार्थीहरुको भव्य उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

अनुपम म्युजिकको २०२ औँ तालिम सम्पन्न

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

लमजुङमा पहिरोको वितण्डा : एकको मृत्यु, दुईजना घाइते, ४ बेपत्ता

भोर्लेटारमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न।


TOP