Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
बालकविताः मेरो साथी – Sarangi News

मेरा साथी (बालकविता)

– पुष्पा श्रेष्ठ ( पुसु )

सँगै पढ्‌न लाग्छ मन

साथी  सारै राम्रा छन्

कमिला खुसी ताँतीमा

म खुसी मेरै साथीमा

सबैले माया गर्छन् धेरै

मख्ख पर्छु म त्यो हेरेरै

आऊ साथी स्कुल जाऔँ

पढौं, लेखौँ, नाचौँ, गाऔँ

कत्ति पनि अल्छी नबनौँ

स्कुल जान्न भन्दै नभनौँ

पढ्नलाई अब गरौँ सुरू

राम्रा हाम्रा साथी र गुरु

विद्यालय सँगै आउने है

ती राम्रा नाना  लाउने है

खाउँला खाजा  साटेर

आउँला कपाल बाटेर

डाँडैमाथिको घाम राम्रो

पढ्ने, लेख्ने काम राम्रो

अब रुने छैनौँ कहिल्यै

हाँसी राख्ने छौँ जहिल्यै ।

———————

        – रूपा गाउँपालिका-७, दाङ्सिमराङ, कास्की

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP