बालकविताः मेरो साथी – Sarangi News

मेरा साथी (बालकविता)

– पुष्पा श्रेष्ठ ( पुसु )

सँगै पढ्‌न लाग्छ मन

साथी  सारै राम्रा छन्

कमिला खुसी ताँतीमा

म खुसी मेरै साथीमा

सबैले माया गर्छन् धेरै

मख्ख पर्छु म त्यो हेरेरै

आऊ साथी स्कुल जाऔँ

पढौं, लेखौँ, नाचौँ, गाऔँ

कत्ति पनि अल्छी नबनौँ

स्कुल जान्न भन्दै नभनौँ

पढ्नलाई अब गरौँ सुरू

राम्रा हाम्रा साथी र गुरु

विद्यालय सँगै आउने है

ती राम्रा नाना  लाउने है

खाउँला खाजा  साटेर

आउँला कपाल बाटेर

डाँडैमाथिको घाम राम्रो

पढ्ने, लेख्ने काम राम्रो

अब रुने छैनौँ कहिल्यै

हाँसी राख्ने छौँ जहिल्यै ।

———————

        – रूपा गाउँपालिका-७, दाङ्सिमराङ, कास्की

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कुमुदिनी होम्समा बृहत् विज्ञान प्रदर्शनी

शिवरात्री मेलाको लागी ईशानेश्वर महादेव क्षेत्र बिकास समितिले ३८ उप समिती संयोजक चयन गर्‍यो।

धम्पु दुराले ठाडो भाका जग्गा किन्ने प्रतिवद्दता गर्यो शिवरात्रीमा

हिमाली आवसीय माविले बार्षिकोत्सव मौलिक भेषभुषा प्रदर्शनी तथा साँस्कृतीक कार्यक्रम सहित सम्पन्न।

कुसुमाकर माविको ३५ औं वार्षिकोत्सव गण्डकी प्रदेश आर्थिक तथा मामिला मन्त्री टकराज गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न।

 शान्ति आधारभूत विद्यालयको ६८ औँ वार्षिकोत्सव


TOP