Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
प्रधान सम्पादक प्रभावीलाई उत्कृष्ट प्रधानाध्यापक सम्मान – Sarangi News

पोखरा । सारङ्गी न्युजका प्रधान सम्पादक रुपिन्द्र प्रभावी जोशी उत्कृष्ट प्रधानाध्यापक सम्मानबाट सम्मानित भएका छन् ।

माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष, कास्कीले जोशीसँगै रवीन्द्रनाथ भट्टराईलाई यस वर्षको उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मान प्रदान गरेको हो ।
शुक्रबार पोखरामा आयोजित कोषको १२ औँ साधारणसभामा शिवालय माध्यमिक विद्यालय, रूपा–२, कास्कीका प्रधानाध्यापक जोशी र लक्ष्मीआदर्श माध्यमिक विद्यालय, पोखराका प्रधानाध्यापक भट्टराईलाई जनही ५ हजार रुपियाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । सम्मानित व्यक्तित्व जोशी साहित्य र पत्रकारितामा समेत संलग्न छन् । विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक सुधारमा महŒवपूर्ण योगदान पु¥याएका भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।
उनीहरूसँगै भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्की र ब्रह्मरूपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डित, कक्षा १२ मा प्राविधिक धारतर्फ उत्कृष्ट जिपिए ल्याएकी ब्रह्मरूपा माविकी छात्रा रजनी न्यौपाने र साधारण धारतर्फ बालमन्दिर माविकी छात्रा सोनिया अधिकारी, २०७९ को एसइईमा उत्कृष्ट जिपिए ल्याएका शीतलादेवी माविका किशोर अधिकारी र विनिता शर्मा, जनप्रिय माविकी रचना श्रेष्ठ र लक्ष्मी माविकी मेनका शर्मालाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकको हितका लागि इकाइले सधैँ सहजीकरण गर्ने बताए । शिक्षक कतै पनि अपमानित हुन नहुने तर्क गर्दै उनले दिवा खाजालाई व्यवस्थित गर्न प्रधानाध्यापकहरूसँग आग्रह गरे । अपाङ्गता भएका विद्यार्थीहरूसँग विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको गुनासो सुन्नपरेको अनुभव सुनाउँदै प्रमुख आचार्यले त्यस्ता विद्यार्थीसँग कुनै पनि शुल्क नलिन आग्रह गरे । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषले स्थापना कालदेखि नै सिकाइ र मूल्याङ्कन प्रणालीका लागि महŒवपूर्ण भूमिका खेलेको आफूले देखेको उनको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता गरेका कोषका अध्यक्ष शम्भुराज बाँस्तोलाले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै मूल्याङ्कन प्रणालीलाई विश्वसनीय बनाउने प्रयासमा संस्था अघि बढेको बताए । उनले सामुदायिक विद्यालयको एकतालाई समेत यसले मजबुत बनाएको दाबी गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रकाशबन्धु पोखरेल, नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष राजु क्षेत्री, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष रोमहर्षण पौडेल, सम्मानित प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी, सम्मानित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डित, नवप्रभात माविकी प्रधानाध्यापक मायाकुमारी थापालगायतले शुभकामना दिएका थिए ।
साधारणसभाले सचिव मनिराम कडेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो । सोही अवसरमा कास्कीका विद्यालयहरूमा एसइई स्तरीकृत परीक्षा आगामी माघ २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरिएको थियो ।
सचिव मनिराम कडेलको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष जनार्दन सुवेदीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP