Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
बालसहभागितासम्बन्धी संवाद कार्यक्रम – Sarangi News

पोखरा । कन्सोर्टियम नेपाल गण्डकी प्रदेशको आयोजनामा कन्सोर्टियम नेपाल,बालिका दुलही होइनन् र युवालयको सहकार्यमा बाल बिबाह अन्त्यका लागी बालबालिकाको सहभागिता बिसयमा छलफल/अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा कास्की जिल्लामा बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले  बाल बिबाह न्यूनीकरणमा स्थानीय निकायको महत्त्वपूर्ण भुमिका रहने कुरामा जोड दिनु भएको थियो । सरकारले बाल बिबाहको सवाललाई प्राथमिकतामा राखेर काम गर्न सुझाव समेत दिनु भएको थियो । बाल सहभागितालाई हरेक क्षेत्रमा प्राथमिकता हुनु जरुरी रहेको कुरामा जोड दिइएको थियो । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एबम कन्सोर्टियम नेपाल गण्डकी प्रदेशका सयोजक डिल्ली प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  गैरसरकारी संस्था महासघ नेपालका अध्यक्ष राम प्रसाद सुवेदी हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्देश्यमाथि कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोस महर्जनले प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि सुबेदीले नागरिक संघ संस्थाको कामको प्रसंशा गर्दै मिलेर काम गर्न सकेमा बाल बिबाह अन्त्यको संभावना रहेको बताउनु भएको थियो । कार्यक्रममा बाल सहभागिताको बिगत र बर्तमानको स्मरण गर्दै बाल सहभागितालाई प्राथमिकतामा राखेर काम गर्न सकेमा बाल बिबाह लगायत बालबालिकाका समस्या समाधान गर्न सकिने कुरा कन्सोर्टियम नेपालका  पुर्ब अध्यक्ष किरण थापाले बताउनु भएको थियो । कार्यक्रममा निरिजना भट्ट, बालबालिका तर्फबाट समिक्षा अधिकारी, केशब पौडेल, बिजय प्रधान ,डा  बुद्धि बहादुर थापा शिव खकुरेल,शारदा शर्मा , शिव सुवेदी कृष्ण गुरुङ लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP