बालसहभागितासम्बन्धी संवाद कार्यक्रम – Sarangi News

पोखरा । कन्सोर्टियम नेपाल गण्डकी प्रदेशको आयोजनामा कन्सोर्टियम नेपाल,बालिका दुलही होइनन् र युवालयको सहकार्यमा बाल बिबाह अन्त्यका लागी बालबालिकाको सहभागिता बिसयमा छलफल/अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा कास्की जिल्लामा बालबालिकाको क्षेत्रमा कार्यरत संघ संस्थाका प्रमुख एबम प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले  बाल बिबाह न्यूनीकरणमा स्थानीय निकायको महत्त्वपूर्ण भुमिका रहने कुरामा जोड दिनु भएको थियो । सरकारले बाल बिबाहको सवाललाई प्राथमिकतामा राखेर काम गर्न सुझाव समेत दिनु भएको थियो । बाल सहभागितालाई हरेक क्षेत्रमा प्राथमिकता हुनु जरुरी रहेको कुरामा जोड दिइएको थियो । चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक एबम कन्सोर्टियम नेपाल गण्डकी प्रदेशका सयोजक डिल्ली प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  गैरसरकारी संस्था महासघ नेपालका अध्यक्ष राम प्रसाद सुवेदी हुनुहुन्थ्यो ।

कार्यक्रमको उद्देश्यमाथि कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोस महर्जनले प्रकाश पार्नु भएको थियो । प्रमुख अतिथि सुबेदीले नागरिक संघ संस्थाको कामको प्रसंशा गर्दै मिलेर काम गर्न सकेमा बाल बिबाह अन्त्यको संभावना रहेको बताउनु भएको थियो । कार्यक्रममा बाल सहभागिताको बिगत र बर्तमानको स्मरण गर्दै बाल सहभागितालाई प्राथमिकतामा राखेर काम गर्न सकेमा बाल बिबाह लगायत बालबालिकाका समस्या समाधान गर्न सकिने कुरा कन्सोर्टियम नेपालका  पुर्ब अध्यक्ष किरण थापाले बताउनु भएको थियो । कार्यक्रममा निरिजना भट्ट, बालबालिका तर्फबाट समिक्षा अधिकारी, केशब पौडेल, बिजय प्रधान ,डा  बुद्धि बहादुर थापा शिव खकुरेल,शारदा शर्मा , शिव सुवेदी कृष्ण गुरुङ लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP