Trend
साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||  
सोमबार , साउन २०, २०८२
शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो । सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना अनुभवसमेत आदानप्रदान गरेका तालिममा साइबर अपराधबाट जोगिने र जोगाउने उपायबारे छलफल भएको थियो ।

सोही अवसरमा बाल क्लबले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूबारे पनि छलफल गरिएको थियो । पढाइसम्बन्धी एप्लिकेसनहरूका बारेमा जानकारी दिएको तालिममा बाल क्लबकी अध्यक्ष समीक्षा सुनाम, कोषाध्यक्ष करुणा ओझा, युवा रेडक्रस सर्कलका अध्यक्ष विदुर अधिकारीलगायतले प्रतिक्रिया दिएका थिए । तालिमका लागि सेन्टर फर मिडिया रिसर्च, नेपालले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP