Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
शिवालयका विद्यार्थीलाई मिडिया साक्षरतासम्बन्धी तालिम – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माविका विद्यार्थीलाई बिहिबार मिडिया तथा सूचना साक्षरतासम्बन्धी तालिम दिइएको छ ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीको सहजीकरणमा भएको तालिममा मिडिया र सूचनासम्बन्धी साक्षर हुने सिपहरू विद्यार्थीलाई प्रदान गरिएको थियो । सूचनाका स्रोत र तिनको विश्वसनीयता, मिडिया साक्षर हुँदाका फाइदा, मिथ्या सूचना चिन्ने तरिकालगायतका विषयमा प्रभावीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए । तालिममा शिवालय बाल क्लबका २५ जना सदस्य तथा अन्य गरी ३२ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूले सामाजिक सञ्जाल चलाउँदाका आफ्ना अनुभवसमेत आदानप्रदान गरेका तालिममा साइबर अपराधबाट जोगिने र जोगाउने उपायबारे छलफल भएको थियो ।

सोही अवसरमा बाल क्लबले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरूबारे पनि छलफल गरिएको थियो । पढाइसम्बन्धी एप्लिकेसनहरूका बारेमा जानकारी दिएको तालिममा बाल क्लबकी अध्यक्ष समीक्षा सुनाम, कोषाध्यक्ष करुणा ओझा, युवा रेडक्रस सर्कलका अध्यक्ष विदुर अधिकारीलगायतले प्रतिक्रिया दिएका थिए । तालिमका लागि सेन्टर फर मिडिया रिसर्च, नेपालले प्राविधिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर


TOP