Trend
कास्की रुपाको बजेट झन्डै साढे ५५ करोड, युवा रोजगार र किसान लक्षीत।  ||   मर्स्याङ्दी गाउपालिकाको आ.व . २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत।  ||   अन्नपूर्ण गाउपालिकाले आ व ८३/८४ को लागि रु ६५ करोड ५० लाखको ऐतिहासिक बजेट ल्यायो।  ||   मध्यनेपाल नगरपालिकाले आर्थिक बर्ष ८३/८४ नीति तथा कार्यक्रम ल्यायो।  ||   रास्वपाले ल्यायो स्थानिय तह बचाउन पोख्रेल।  ||   अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||  
शनिबार , असार १३, २०८३
रमेश प्रभातलाई डिल्लीराम-धनसरा पौडेल स्मृति पुरस्कार – Sarangi News

भरतपुर । चितवनका दुई स्रष्टाहरू समीक्षक रमेश प्रभात र इतिहासविद् कर्णबहादुर बानियाँलाई साहित्य सङ्गम चितवनले आइतवार सम्मान गरेको छ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७औँ जन्मजयन्तीको सन्दर्भमा स्रष्टाहरू प्रभात र बानियाँलाई सम्मानित गरिएको हो ।

रमेश प्रभातलाई “डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८०” बाट सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र परिवारजनले स्थापना गरेका हुन् ।

यसै गरी “खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८०” बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार खनाल रेवतीरमण र परिवारजनले स्थापना गरेका हुन् ।

आइतबार नारायणी नमूना मावि भरतपुरमा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक पोषराज पौडेल र खनाल रेवतीरमणले प्रभात र बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पुरस्कारको राशि जनही १६ हजार ५ सय रुपैयाँ र सम्मानपत्र रहेको छ । यी दुबै पुरस्कार २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएको हो । पहिलोपटक स्रस्टाहरू पूर्णबहादुर अधिकारी र ईश्वरी ओझालाई यी पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानपछि सम्मानित स्रस्टा प्रभातका बारेमा कवि एवम् अध्येता विपिन पाठकले बोलेका थिए । त्यसैगरी इतिहासविद बानियाँका बारेमा डिआर पोखरेलले बोलेका थिए । प्रकृति एवम् क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्रका बारेमा भने समालोचक डाक्टर धनेश्वर भट्टराईले चर्चा गरेका थिए ।

साहित्यकार प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् । उनी अक्षर समूह चितवनका अध्यक्ष पनि हन् । त्यसैगरी इतिहासविद् बानियाँ सेवानिवृत प्राध्यापक हुन् । उनीहरू दुवैले साहित्य र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP