रमेश प्रभातलाई डिल्लीराम-धनसरा पौडेल स्मृति पुरस्कार – Sarangi News

भरतपुर । चितवनका दुई स्रष्टाहरू समीक्षक रमेश प्रभात र इतिहासविद् कर्णबहादुर बानियाँलाई साहित्य सङ्गम चितवनले आइतवार सम्मान गरेको छ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७औँ जन्मजयन्तीको सन्दर्भमा स्रष्टाहरू प्रभात र बानियाँलाई सम्मानित गरिएको हो ।

रमेश प्रभातलाई “डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८०” बाट सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र परिवारजनले स्थापना गरेका हुन् ।

यसै गरी “खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८०” बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार खनाल रेवतीरमण र परिवारजनले स्थापना गरेका हुन् ।

आइतबार नारायणी नमूना मावि भरतपुरमा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक पोषराज पौडेल र खनाल रेवतीरमणले प्रभात र बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पुरस्कारको राशि जनही १६ हजार ५ सय रुपैयाँ र सम्मानपत्र रहेको छ । यी दुबै पुरस्कार २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएको हो । पहिलोपटक स्रस्टाहरू पूर्णबहादुर अधिकारी र ईश्वरी ओझालाई यी पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानपछि सम्मानित स्रस्टा प्रभातका बारेमा कवि एवम् अध्येता विपिन पाठकले बोलेका थिए । त्यसैगरी इतिहासविद बानियाँका बारेमा डिआर पोखरेलले बोलेका थिए । प्रकृति एवम् क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्रका बारेमा भने समालोचक डाक्टर धनेश्वर भट्टराईले चर्चा गरेका थिए ।

साहित्यकार प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् । उनी अक्षर समूह चितवनका अध्यक्ष पनि हन् । त्यसैगरी इतिहासविद् बानियाँ सेवानिवृत प्राध्यापक हुन् । उनीहरू दुवैले साहित्य र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

११ औं बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड शुरु।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

६२ बर्षिय सानु नानी घर्तिको हत्यारा सार्वजनिक।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP