Trend
साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||  
सोमबार , साउन २०, २०८२
रूपाको प्रतिभा पहिचानमा विद्यार्थीतर्फ दुवैमा शिवालय प्रथम – Sarangi News

पोखरा । रूपा गाउँपालिकाले आयोजना गरेको शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा शिवालय माविले विद्यार्थीतर्फका दुवै विधामा प्रथम स्थान हासिल गरेको छ ।

पुस १६ र १७ गरी २ दिनसम्म सञ्चालित शिक्षक र विद्यार्थीहरूबिच छुट्टाछुट्टै आयोजना गरिएको नृत्य र वक्तृत्वकला प्रतियोगितामा विद्यार्थीतर्फ दुवैमा रूपा-२, थुम्कीस्थित शिवालयले प्रथम स्थान हात पारेको हो । नृत्यतर्फ शिवालयका करुणा ओझा र मुस्कान विकको समूह तथा वक्तृत्वकलातर्फ विदुर अधिकारी प्रथम भएका हुन् । विजेता बनेसँगै उनीहरूले पुस २० गते हुने कास्की जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रममा सहभागी हुने अवसर पाएका छन् । शिक्षक वक्तृत्वकलामा पनि शिवालयकै जयराज उपाध्याय तृतीय भएका छन् ।

शिक्षकको नृत्यतर्फ भने शारदा आविका शशी गुरुङ र होमकुमारी राना प्रथम भएका छन् । यस्तै शिक्षकको वक्तृत्वकलातर्फ विश्वशान्ति माविका राजु कुमाल प्रथम भएका छन् । विद्यार्थी नृत्यतर्फ विश्वशान्ति मावि र जनता मावि क्रमशः द्वितीय र तृतीय भए भने शिक्षक नृत्यतर्फ विश्वशान्ति मावि र कालिका मावि क्रमशः द्वितीय र तृतीय भएका छन् । यस्तै शिक्षक वक्तृत्वकलातर्फ जनता माविकी सुनीता अधिकारी द्वितीय भइन् । विद्यार्थी वक्तृत्वकलातर्फ भने विश्वशान्ति माविका मनिष श्रेष्ठ र रूपाज्योति माविकी कृपा सुवेदी क्रमशः द्वितीय र तृतीय भए ।

नृत्यतर्फ नृत्य निर्देशक राहुल थापा र अन्जू बुढा मगर तथा वक्तृत्वकलातर्फ साहित्यकार सहप्राध्यापक डा. ईश्वरमणि अधिकारी र लालमणि पोखरेल निर्णायक रहेका थिए । विजेताहरूलाई गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, प्रशासकीय अधिकृत लोकनाथ पौडेल, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, कार्यक्रम संयोजक बृहस्पति अधिकारीलगायतले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP