Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
शिवालय माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न – Sarangi News

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको मूल समारोहमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले आफ्नो मात्र नभई सिङ्गो गाउँपालिकाकै गरिमा बढाएको भन्दै प्रशंसा गरे । उनले अब विद्यालयहरूका वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि कार्यविधि नै बनाएर लागू गर्ने तयारीमा आफू लागेको जानकारीसमेत दिए ।
गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले शिवालयलाई आफूले रूपाको नमुना विद्यालयका रूपमा हेर्ने गरेको बताइन् । वडा नम्बर २ का वडा अध्यक्ष राजन सुवेदीले वडा नम्बर २ लाई समृद्ध बनाउनका लागि आफू लागिपरेको भन्दै विद्यालयको चौतर्फी विकासमा दत्तचित्त भएर अघि बढेको स्मरण गरे । विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेका सुवेदीले विद्यालयको विकासका लागि निस्वार्थ समर्पित हुन सबैसँग आग्रह गरे । शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले शिवालयका गतिविधिले अन्य विद्यालयलाई पनि प्रेरणा प्रदान गर्दै आएको बताए । यहाँका असल अभ्यासले गाउँपालिकाकै शैक्षिक प्रतिष्ठालाई उच्च बनाउन सहयोग गरेको उनको भनाइ थियो ।
विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले वार्षिक शैक्षिक प्रतिवेदन पेस गर्दै विद्यालयको साँच्चै उन्नति चाहने हो भने कुनै पनि प्रकारको हस्तक्षेप नगर्न र राजनीतिक विचारको झोला गेटबाहिर राखेर प्रवेश गर्न सबैलाई आग्रह गरे । उनले विद्यालयमा खानेपानीको सुलभ व्यवस्थापन आफ्नो सबैभन्दा प्रमुख लक्ष्य रहेको धारणा राखे । सो अवसरमा लेखापाल पूर्णबहादुर गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा विद्यालयका कार्यालय सहयोगी विष्णुप्रसाद ओझा र समाजसेवी इमनाथ सुवेदीलाई शिवालय वर्ष सम्मान २०८० प्रदान गरिएको थियो ।
कार्यक्रममा शिक्षक–अभिभावक सङ्घका अध्यक्ष श्रीकृष्ण सुवेदी, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शिवराज सुवेदी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तिलबहादुर थापा, विश्वशान्ति माविका शिक्षक बाबुराम सुवेदी, वडा सदस्य हिता रुपाखेती, पूर्व प्रधानाध्यापक हरिप्रसाद सापकोटा, सहायक प्रधानाध्यापक ऋषिराम ओझा, शिक्षक बुद्धिराम विश्वकर्मा, लक्ष्मी न्यौपाने, विद्यार्थी सम्झना मल्ललगायतले बोलेका थिए ।
११ ओटा छात्रवृत्ति अक्षयकोष, हंसपुर–थुम्की पोखरा सम्पर्क समाज र पूर्व विद्यार्थी मञ्चका तर्फबाट करिब १ लाख रुपियाँ छात्रवृत्तिका रूपमा वितरण गरिएको कार्यक्रममा शैक्षिक, खेलकुद र विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । शिक्षक तथा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि जयराम सुवेदीले गरेका थिए । वि. सं. २०१७ पुस २१ गते स्थापित विद्यालयमा हाल कक्षा १२ सम्म पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP