Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
शुभकामना ईशानेश्वर माविलाई ! (कविता) – Sarangi News

कविताः शुभकामना ईशानेश्वर माविलाई ! 

       –  जनकराज  पौडेल

आज अतीतका याद सीमा तोडेर आउँछन्

झोला बोकेर दौडेका वर्ष सात उदाउँछन्

नरेन्द्रबाबु  कक्षामा अनुपस्थित् भइदिँदा

पढ्थेँ एक्लै म कक्षामा जब कक्षा छ मा हुँदा

खेपी ढुङ्गा तथा काठ घर निर्माण भो ठूलो

अङ्ग प्रत्यङ्गमा  रम्थ्यो पुर्खाको पाउको धुलो ।

तीस बर्ष बिताएथेँ त्यहीँ  शिक्षक  भैकन

बिर्सूँ भन्छु झनै याद खेपी ल्याउँछ यो मन ।

निम्तो मलाई चाहिन्न स्वास्थ्यले असमर्थ छु

सबै मेरा सबै आफ्नै  यसैमा गर्व गर्दछु ।

साठीयौं जन्मको उत्सव भव्य बन्दैछ यो घरी

ईशानेश्वरले बालोस् ज्ञान दीप सधैँभरि ।


लमजुङ (हालः भरतपुर, चितवन)

(ईशानेश्वर माध्यमिक विद्यालय मध्यनेपाल नगरपालिका वडा नं‍. ६ भोर्लेटार, लमजुङको साठीऔँ वार्षिकोत्सवका अवसरमा पूर्व शिक्षकका नाताले  मिति २०८०/०९/२७ मा दिइएको कवितात्मक शुभकामना जसलाई उहाँका गुरुपुत्र, प्रिय शिष्य एवम् विद्यालयका शिक्षक रमेशचन्द्र घिमिरेले वाचन गर्नुभएको थियो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP