Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
नाई सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर – Sarangi News

पोखरा । नेपाल नाई सङ्घ, कास्कीले मङ्गलबार पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

पद्म नर्सिङ होम प्रालिको सहयोगमा नाई सङ्घमा आबद्ध सदस्य र नाई सङ्घका परिवारका लागि आयोजित शिविर १५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अबदेखि पद्म नर्सिङ होमले नाई सङ्घमा आबद्ध सदस्यहरूलाई परिचय पत्रका आधारमा स्वास्थ्य सेवामा २०% छुट दिन समेत सम्झौता भएको बताइएको छ । नाई सङ्घ, कास्कीका अध्यक्ष विजुलाल ठाकुरको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा पद्म नर्सिङ होमका प्रबन्ध सञ्चालक नरेन्द्र बास्तोला, ट्रेड युनियन काङ्ग्रेस, कास्कीका उपाध्यक्ष मनिराम कडेल, नाई सङ्घका केन्द्रीय सदस्य लालबाबु ठाकुरले शुभकामना दिएका थिए ।  कार्यक्रमको सञ्चालन सचिव  रामेश्वर ठाकुरले  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP