Trend
साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||  
सोमबार , साउन २०, २०८२
नाई सङ्घद्वारा निःशुल्क स्वास्थ्य शिविर – Sarangi News

पोखरा । नेपाल नाई सङ्घ, कास्कीले मङ्गलबार पोखरामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

पद्म नर्सिङ होम प्रालिको सहयोगमा नाई सङ्घमा आबद्ध सदस्य र नाई सङ्घका परिवारका लागि आयोजित शिविर १५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । अबदेखि पद्म नर्सिङ होमले नाई सङ्घमा आबद्ध सदस्यहरूलाई परिचय पत्रका आधारमा स्वास्थ्य सेवामा २०% छुट दिन समेत सम्झौता भएको बताइएको छ । नाई सङ्घ, कास्कीका अध्यक्ष विजुलाल ठाकुरको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा पद्म नर्सिङ होमका प्रबन्ध सञ्चालक नरेन्द्र बास्तोला, ट्रेड युनियन काङ्ग्रेस, कास्कीका उपाध्यक्ष मनिराम कडेल, नाई सङ्घका केन्द्रीय सदस्य लालबाबु ठाकुरले शुभकामना दिएका थिए ।  कार्यक्रमको सञ्चालन सचिव  रामेश्वर ठाकुरले  गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP