Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
कालिका आविका विद्यार्थीलाई न्यानो कपडा – Sarangi News

पोखरा । पोखरा-३२ मा सञ्चालित कालिका आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शुक्रवार न्यानो कपडा वितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस, कास्कीकी नेतृ विन्दु भण्डारीले कक्षा ८ सम्म अध्ययनरत अति विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत खर्चमा स्वेटरलगायतका कपडा वितरण गरेकी हुन् । आगामी दिनमा पनि आफूले सकेको काम सामाजिक क्षेत्रमा गर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले भविष्यका कर्णधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । विद्यालयमा सहयोग जुटाउनका लागि नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्व अध्यक्ष विजयराज भण्डारीले समन्वय गरेका थिए । यसअघि पनि भण्डारी परिवारले जनप्रकाश क्याम्पसलाई २ लाख रुपियाँ, रुकुम र जाजरकोटका भूकम्प पीडितलाई ४५ हजार रुपियाँ सहयोग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, कास्कीका सचिव मनिराम कडेल, नेपाली कङ्ग्रेस वडा नम्बर ३२ का सभापति कुलप्रसाद अधिकारी, समाजसेवी खेमराज अधिकारीलगायतले सहयोगी विन्दु भण्डारीको सहयोगको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदीले विपन्न बालबालिकाका लागि सहयोग गरेर शैक्षिक क्षेत्रमा योगदान गरेकामा विद्यालयका तर्फबाट भण्डारीलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP