Trend
साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||   लघुकथा प्रतिष्ठानको हीरक शृङ्खला सम्पन्न, पुरस्कार स्थापनाका लागि अभियान सञ्चालन  ||  
सोमबार , साउन २०, २०८२
कालिका आविका विद्यार्थीलाई न्यानो कपडा – Sarangi News

पोखरा । पोखरा-३२ मा सञ्चालित कालिका आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई शुक्रवार न्यानो कपडा वितरण गरिएको छ ।

नेपाली काङ्ग्रेस, कास्कीकी नेतृ विन्दु भण्डारीले कक्षा ८ सम्म अध्ययनरत अति विपन्न वर्गका विद्यार्थीलाई व्यक्तिगत खर्चमा स्वेटरलगायतका कपडा वितरण गरेकी हुन् । आगामी दिनमा पनि आफूले सकेको काम सामाजिक क्षेत्रमा गर्ने प्रतिबद्धता जनाउँदै भण्डारीले भविष्यका कर्णधार विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । विद्यालयमा सहयोग जुटाउनका लागि नेपाल शिक्षक सङ्घ, कास्कीका पूर्व अध्यक्ष विजयराज भण्डारीले समन्वय गरेका थिए । यसअघि पनि भण्डारी परिवारले जनप्रकाश क्याम्पसलाई २ लाख रुपियाँ, रुकुम र जाजरकोटका भूकम्प पीडितलाई ४५ हजार रुपियाँ सहयोग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासङ्घ, कास्कीका सचिव मनिराम कडेल, नेपाली कङ्ग्रेस वडा नम्बर ३२ का सभापति कुलप्रसाद अधिकारी, समाजसेवी खेमराज अधिकारीलगायतले सहयोगी विन्दु भण्डारीको सहयोगको प्रशंसा गरेका थिए । विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदीले विपन्न बालबालिकाका लागि सहयोग गरेर शैक्षिक क्षेत्रमा योगदान गरेकामा विद्यालयका तर्फबाट भण्डारीलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP